एक दिनलाई जनकपुर बन्द फिर्ता

जनकपुर,२१ वैशाख । सद्भावना पार्टीको राष्ट्रिय महाधिवेशन तथा राष्ट्रपतिको जनकपुर आगमनलाई मध्यनजर गर्दै मिथिला राज्य संघर्ष समितिले एक दिनका लागि बन्द फिर्ता लिएको छ ।
आज बसेको समितिको बैठकले भोली शुक्रबार एक दिनका लागि बन्द फिर्ता लिने निर्णय गरेको हो । सद्भावना पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि जनकपुरमा सुरु हुदैछ । शुक्रवार नै राष्ट्रपति डा.रामवरण यादवपनि जनकपुर आउने कार्यक्रम छ ।
शुक्रवारदेखि २४ गतेसम्म जनकपुरको तिरहुतिया गाछीमा हुने सद्भावना पार्टीको पाँचौ महाधिवेशनमा सहभागी हुन भारत, श्रीलंका, बगलादेश, मालदिभ्स, भुटानलगायतका देशबाट नेताहरु जनकपुर आउने भएकाले त्यसलाई ध्यानमा राखेर बन्दको कार्यक्रम स्थगित गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया