उपचार गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री बाबुराम भट्टराईले उपचार गराई रहेका जनकपुर वम विष्फोटका घाइतेहरुसँग भेटगरि उपचारको आश्वासन दिएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका घाईतेहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले घाइतेहरुको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने आश्वासन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले विष्फोटको घटनामा मृत्यु भएका लाई शहीद घोषणा र आफन्तलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत आश्वाशन दिए ।
प्रधानमन्त्री भट्टराईले गम्भिर अवस्था रहेका घाइतेलाई एयर एम्वुलेन्स मार्फत थप उपचारको लागि भारत लगिने व्यवस्थापनि सरकारले गर्ने उल्लेख गरे ।
घटनाको सत्य तथ्य छानविन गरी अपराधीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । जनकपुरमा भएको वम विष्फोटमा ४ जनाको मृत्यु भएको थियो भने २८ जना घाईते भएका थिए ।

प्रतिक्रिया