‘वैदेशिक रोजगारीमा शोषण’

चितवन : वैदेशिक रोजगारी सुरक्षित नबन्दा कामदारहरू शोषणमा पर्ने गरेका छन् । मंगलबार नारायणगढमा आयोजित कायक्रमका सहभागीले बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिल्ला न्यायाधीश भोलानाथ चौलागार्इंले नेपालीहरु गरिबीकै कारण वैदेशिक रोजगारका लागि जाने गरेको बताए । उनले रोजगारीमा जाने क्रम स्पष्ट नभएकाले यस्ताखाले समस्या आउने गरेको धारणा राखे । म्यानपावर कम्पनी सञ्चालकले भने राज्यले स्पष्ट नीति कार्यान्वयन गर्न नसक्दा समस्या देखिएको बताएका थिए । यसैबीच मजदुर दिवसका अवसरमा आप्रवासी श्रमिकका अधिकार विषयक जनचेतनामूलक र्‍याली निकालिएको थियो । ‘वैदेशिक रोजगारीलाई सुरक्षित गरौं, झुठ्ठा वाचा शोषण र जबर्जस्ती श्रमको अन्त्य गरां, श्रमिकको अधिकार सुनिश्चित गर’ लगायतका जनचेतनामूलक सन्देश सहितको प्लेकार्ड बोकेर र्‍याली निकालिएको थियो । (सौस)

प्रतिक्रिया