कोइराला र गच्छेदारवीच भेटबार्ता

काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटगरेर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले राष्ट्रिय सहमतिको सरकारका बारेमा कांग्रेसको धारणा माग गरेका छन् ।
सभापति कोइराला निवास महाराजगञ्जमा आज विहान भएको भेटमा कांग्रेसले सरकार बिरुद्ध ल्याउन लागेको भनिएको अविश्वासको प्रस्ताव र संविधानका बिवादित विषयमा छलफल भएको स्रोतको भनाई छ ।
स्रोतले भन्यो, ‘कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि गरेको तयारी के हो ? भन्दै अध्यक्ष गच्छेदारले कोइरालासँग धारणा माग्नु भएको छ ।’
सभापति कोइरालाले जवाफमा आफू राष्ट्रिय सरकार बनाउने विषयमा छलफलमा रहेको भन्दै गच्छेदारलाई सहयोगका लागि आग्रह गरेका थिए ।
यद्यपि फोरम अध्यक्ष गच्छेदारले कांग्रेसले बनाउन लागेको भनिएको राष्ट्रिय सहमतिको सरकारलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय भने दिएनन् ।
कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने तयारी सुरु गरेपछि फोरम अध्यक्ष गच्छेदारले सभापति कोइरालासँग त्यस विषयमा छलफल गरेका हुन् ।

प्रतिक्रिया