भारतद्वारा विद्युत कटौती

कैलाली, १९ वैशाख । भारतीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई टनकपुरबाट तीन दिनसम्म विद्युत् नदिने भएको छ । भारतबाट विद्युत् नआउने भएपछि प्राधिकरणले दैनिक १२ घण्टा सुदूर र मध्यपश्चिममा विद्युत सप्लाई गर्ने भएको हो ।
टनकपुर बाँधमा सरसफाई गर्नुपर्ने भएको भन्दै आजदेखि तीनदिनसम्म भारतबाट बिद्युत् सप्लाई नहुने भएपछि समय मिलाएर नेपाली विद्युत् १२ घण्टा मात्र आपूर्ति गरिने प्रधिकरणको अत्तरिया ग्रिडले जनाएको छ ।
नेपाली विद्युतलाई समय मिलाएर बिहान आठ देखि १२, साँझ चार देखि आठ र राति १२ देखि चार बजेसम्म धनगढीका लागि विजुली आपूर्ति गरिने ग्रिडले जनाएको छ । अन्य स्थानका लागि फरक समय रहने बताइएको छ ।

प्रतिक्रिया