संक्रमणकाल लम्विनु हुँदैनः खनाल

काठमाडौं, १ बैशाख । एमाले अध्यक्ष झलनाथ खनालले जेठ–१४ गते भन्दा उता संक्रमणकाल नलम्विने बताएका छन् ।

पार्टी मुख्यालय बल्खुमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भने, ‘संक्रमणकाल जति लम्विनु थियो लम्वियो, अब जेठ–१४ गते पछि लम्विदैन ।’
शान्ति प्रक्रिया अन्तर्गतका धेरै बिषय टुङगो लागिसकेको बताएका खनालले शान्ति प्रक्रिया नफर्कने स्थानमा पुगेको बताए ।

उनले सेना समायोजनको कामलाई कुशलताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गरेका छन् । उनले निर्णायक मोडमा पुगे शान्ति प्रक्रियालाई सबैले सहयोग गनुपर्ने बताए ।

अध्यक्ष खनालले दलहरुका बीच विश्वासको वातावरण पनि बनाउनुपर्ने बताएका छन् ।
सघीयता पहिचना र सामथ्र्यका आधारमा हुनु पर्ने बताएका खनालले जातीय राज्यको बिरोध गरेका छन् ।

उनले शासकीय स्वरुका बिषयमा पनि आफूहरुले प्रस्ताव गरेकोमा सबै दल सहमत हुनुपर्ने बताएका छन् । उनले कार्यकारी प्रधानमन्त्री र आलंकारीक राष्ट्रपति हुनुपर्ने बताए ।

प्रतिक्रिया