मादक पदार्थ सेवनबाट मृत्यु

काठमाडौं, १ बैशाख । काठमाडौंको स्वयम्भूमा डेरा गरी बस्ने एक व्यक्तिको अत्याधिक मादक पदार्थ सेवनका कारण आज विहान मृत्यु भएको छ ।

रामकोट–६, स्वयम्भुमा डेरा गरी बस्ने ५० बर्षीय अम्मरबहादुर कामीको मादक पदार्थ सेवनका कारण मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका अत्याधिक मादक पदार्थ सेवनका कारण विरामी भएपछि कामीलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उपचार पछि डेरा लगिएका कामी बिहान हेर्दा मत्त अवस्थामा फेला परेको आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

क्षयरोगका कामीको मादक पदार्थका कारणनै ज्यान गएको प्रहरी अनुमान छ । बिकको स्थायी घर भने सिन्धुपाल्चोक जिल्ला पिलडाँडा गाविस हो ।

प्रतिक्रिया