‘आजदेखि नयाँ वर्ष २०६९ साल सुरु’

काठमाडौं, १ वैशाख । आजदेखि विक्रम सम्वत २०६९ सालको सुरुवात भएको छ । मध्यरातदेखि सुरु भएको नयाँ वर्षलाई नेपालीहरु आ–आफ्नै रुपमा स्वागत गरेका छन् ।

इच्छा, आकंक्षा, सुःख, समृद्धि, शान्तिलगायतका शुभकामना आदान प्रदान गरेर नयाँ साल प्रवेशको उल्लास मनाईदैछ । नयाँ वर्षका अवसरमा बिभिन्न संघसंस्था र समूहले विविध कार्यक्रम गरेर हर्सोल्लास समेत गर्दैछन् ।

यसै क्रममा राष्ट्रपति, प्रधानमन्त्री, एकीकृत माओवादी, कांग्रेस, एमाले लगायतका बिभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएर सुःख, शान्ति र समृदद्धिको कामना गरेका छन् ।

प्रतिक्रिया