ब्रुसेल्समा पनि नयाँ वर्षको रौनक

ब्रुसेल्स । बेल्जियमको ब्रुसेल्सबासी नेपालीले यसपालीको नयाँ वर्ष विविध सांस्कृतिक कार्यक्रम र नेपाली परिकार र खानपानका साथ मनाउने भएका छन् । नेपाली डकुमेन्ट्री फिल्म ‘सेक्रेट्स अफ धौलागिरी’को समेत प्रर्दशन हुने भएको छ । यो मौका जुटाउन लागेको हो नेपाल ब्रुसेल्स मिलन केन्द्रले ।

बेल्जियमा पहिलोपटक देखाउन लागिको उक्त डकुमेन्ट्री फ्रान्सका बिभिन्न सहर, डेनमार्क, फिनल्यान्ड र अष्ट्रियामा प्रर्दशन भइसकेको छ भने केही अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत छानिएको छ । अप्रिल १५ मा Rue de pervyse १७, १०४०,Etterbeek ब्रसेल्समा कार्यक्रमको आयोजना हुने छ ।

‘मनोरन्जन त छँदै छ, आपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्ने मौका हो यो’ – मिलन केन्द्रका अध्यक्ष उत्तम गौतम भने । उनका अनुसार पहिलो पटक नेपाली नयाँ वर्ष ब्रुसेल्समा औपचारिक रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया