प्रचारको अचार

पुर्खाले भन्थे, बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । हाम्रा बुद्धिमान् पुर्खाले कति पहिले, कति सही कुरा उखानको क्याप्सुल, टैबलेट, बनाएर समाजलाई ख्वाएका थिए † कस्ता बाठा † कस्ता दूरदर्शी † कस्तो गिद्धेदृष्टि † आजको व्यापारमा प्रचारले प्राणको काम गर्छ । सुनिन्छ, व्यापारी, उद्योगपतिहरू कुनै पनि वस्तु निर्माण गर्दा पुजीको ५० प्रतिशतभन्दा बढी प्रचारको अचार बनाउनमै खर्चिन्छन् रे † होला पनि † अचार नभए भात भुडीभित्र छिर्दैन, प्रचार नभए माल बजारमा छिर्दैन । जति प्रचार र मति व्यापार † प्रचारबिनाको व्यापारको कल्पना पनि गर्न सकिन्न । कल्पना गर्नेलाई महत्वपूर्ण भनिन्छ ।
मिडियाका मित्रहरूले माफ गरून् † यो प्रचारको अचार बनाउदा मिडियाका मित्रहरूले पनि राम्रैसित जिभ्रो पड्काउन पाउछन् । व्यापार विषय लिएर पढ्ने पढाउने दुवै थरीलाई राम्ररी थाहा छ, यो प्रचारको अचार कति मीठो, कति स्वादिलो र कति क्षुधावर्धक हुन्छ । माल कुहिएको, सडेगलेको, बेकम्मा, वाहियात, आफूलाई तत्काल नचाहिएको भए पनि, खल्ती रित्तो–प्रचार मीठो भएपछि ग्राहकको भित्र लुकेर बसेको खरिद गर्ने क्षुधा (भोक) गिलासमा खन्याउदाको बियरझै उम्लिएर पोखिन खोज्छ । जय प्रचारेश्वर महादेव † बाबा रामदेवले योगको प्रचार गर्छन् कि आङ्खनो कम्पनीबाट उत्पादित मालसामानको प्रचार गर्छन् ? यसलाई महाभारतको भाषामा यक्षप्रश्न भन्न सकिन्छ । यो प्रश्नको सही जवाफ दिन गाहै्र पर्ला । वर्तमान भारत सरकारले भन्छ, ‘बाबा रामदेवले योगको प्रचारको साटो रोगको प्रचार गरे र आङ्खनो औषधि बेचेर ढुकुटी भरे †’
हाम्रो छिमेकमा त्रिभुवन पार्क छ । त्यहा फिलिमहरूको छायांकन भइरहन्छ । एक दिन म पनि फिल्मीसुटिङ हेर्न छिरे । त्यहा त ‘ग्याङ–फाइट’ चलिरहेको । हेर्ने टन्नै थिए । पछि त देशहरूले दुवै थरीलाई थामथुम पारेर ‘ग्याङ–फाइट’ रोक्न सफल भए ।
मैले छिमेकी दर्शकलाई सोधे, यो कुन फिलिमको सुटिङ भइराख्या हो ? सह–दर्शकले मनमनै मलाई विश्वको सर्वश्रेष्ठ मूर्ख भन्ठानेर एकै दिन क्यारक्यारती हेरे, अनि सम्झाए, ‘बाजे † यो ट सा“च्चिकै कुटाकुट हो । नाकबाट रगतको भल बग्या टपाईंले देखेन ?’ सा“च्चिकै रक्तपात देखेर मेरो शरीरमा भएका जति सबै रौ ठाड्ठाडा भए ।
अर्का परिचित बन्धु पनि भेटिए । फोकटमा फिल्म हेर्न उनी पनि त्यहा उपस्थित थिए । उनले मलाई ट्याप्प समाएर एकतिर लगेर सम्झाए, ‘आचार्य सर † यी दुवैथरी सोझा–सोझा परेर यो महाभारत पर्‍या रैछ । कुरै नबुझेर हात छोड्ने मूर्खहरू †’ यसरी रक्ताम्यै हुनेगरी किन जुधेका, यी मोरा साढेहरू ? मैले जिज्ञासालाई सहज रूपमै प्रतिस्थापित गरे । उनले खुलस्त पारे, ‘एकथरी परेछ, भित्ता भित्तामा प्रचार लेख्दै हिड्ने । अर्कोथरी परेछ, त्यो प्रचारको अचार स्वाद मानेर खाने । रोक्दा रोक्दै पनि जुधिहाले बज्जियाहरू ।’
के यस्तो परेछ ? मेरो जिज्ञासा निर्वस्त्र भयो । ती बन्धुले अझ परतिर लगेर भने, ‘कालो–लामो–बाक्लो कपाल भएकी, हिस्सी परेकी महिलाको तस्बिर भित्तामा देखेर लठ्ठ परेको हरिलठ्ठकले प्रचारमा देखाएको तेल किनेर श्रीमतीलाई दिएछ । केही दिनमै त्यो तेलले खेलखेलमै श्रीमतीको केश सबै झार्दिएछ । आज संजोगले भित्ताभित्तामा प्रचार गर्ने र केश झर्ने दुवैथरीको जम्का भेट भयो । बिचरो, त्यो लेख्दै हिड्नेले तेल बनाएको त हैन नि, अनि त्यो किनेर लानेको पनि के गल्ती ? बुढीलाई परीजस्ती सुन्दरी बनाउला, भन्ठान्या होला । परीका त सबै केश भसक्कै झरी । अब कुटाकुट गर्छ मनपरी ।’
एकजना नाउ चलेका, डाक्टर सा’बको दर्शनार्थी भएर म बसेको थिए । नजिकै एउटी युवती पनि प्रतीक्षामा बसेकी थिइन् । टाइम पास गर्न मैले त युवतीको मातालाई सोधे । युवतीलाई सोध्न डर लाग्यो । आमै, यी नानीलाई के भा’ हो ? बुढीले झर्किंदै भनिन्, दिदी भन्या भए नि हुन्थ्यो, किन आमै भन्नु पर्‍या होला । यी नानी मेरी बुहारी । पत्रिकामा प्रचार पढेर खै कस्तो क्रिम किनेर दलिन् । २० वर्षकी बुहारी ४० की जस्ती भइन् । त्यो मोरो क्रिमले २० वर्ष उमेर ह्वात्तै बढाइदियो । कहिलेकाही“ त उनीभन्दा तरुनी म नै देखिन्छु । यति भनेर बुढी त मसक्क मस्किइन् । लाजले उल्टो मैले मुन्टो बटार्नुपर्‍यो ।  हाम्रो भलाकुसारी सुन्ने अर्का सज्जनले बुढीलाई सम्झाए, ‘यस्ता नानाथरी प्रचार त गर्छन् नि, आङ्खनो माल बेच्नलाई । प्रचारमा भन्या र देखाएको कुरा सा“चो भइदिए त संसार स्वर्गै हुन्थ्यो नि बूढी माउ ।’
मैले पनि सही थपे, ‘प्रचार त अचार हो । विचार पुर्‍याएर खानुपर्छ । चाटको साटो अचार मात्रै खायो भने त मरिन्छ । आङ्खनो सिमेन्टको प्रचार गर्नेले हामी नेपाल बनाउछौ भनेर लेख्छन् । डन्डीको प्रचार गर्नेले पनि त्यस्तै फोस्रो फूर्ती लाउछन् ।’ अर्का पीडितले पीडा पोखे, यी जथाभाबी प्रचार गर्नेलाई सुलीमा झुन्ड्याएर मार्नु पर्ने हो । यहा मान्छे हैन कार्पेट तन्दुरुस्त हुन्छ । दुई छाक भात त राम्ररी खान नपाउने नेपालीले विदेशी महगो च्यवनप्रास, हर्लिक्स, बोनभिटा छोराछोरीलाई कहाबाट ल्याएर ख्वाउने ? भ्रष्टाचार गरेर ख्वाउने हो भने अचेल त भ्रष्टाचारी पनि समातिएर धमाधम जेलयात्रामा जादैछन् । के गर्ने के गर्ने । क्यै गरे पनि नेपालीलाई सुख छैन । हो ता नि, भन्दै बुढी त नजिक भित्तामा टासिएको ऐनामा गएर टासिइन् ।

प्रतिक्रिया