फेसनका विद्यार्थी

एउटा समय थियो, पाइन्ट लगाउने केटी ‘उत्ताउली’ मा गनिन्थी । गाउघरतिर त सहरबाट आएका मानिसको पहिरन हेर्न सानोतिनो भिड नै जम्मा हुने । चलचित्र र टेलिभिजन कार्यक्रममा कलाकारले लगाएको पहिरनै चर्चाको विषय बन्थ्यो तर अहिले समाज बदलिएको छ । समाजसगै बदलिएको छ, पहिरनबारेको मनोविज्ञान पनि । नया मात्र होइन, अघिल्लो पुस्ता पनि फेसनप्रति लचकदार भएको छ । छोरीले पाइन्ट लगाउनु सामान्य भइसक्यो, श्रीमतीले नै लगाए पनि नौलो मान्ने जमाना छैन । नयाभन्दा नया फेसनबारे पढाउने कलेज खुलिसके । अभिभावकहरू छोराछोरीलाई यस्ता कलेजमा निर्धक्कसग पढ्न पठाउछन् । आधुनिक फेसनबारे पहिलेजस्तो संकुचन लगभग हटिसकेको छ ।
राजधानीको नमुना कलेज अफ फेसन टेक्नोलोजी, बासबारीमा स्नातक गर्दै छिन् धादिङकी १९ वर्षीया संगीता थापा । पहिरन डिजाइनको सोख सानैदेखि रहेछ उनलाई । भन्छिन्– ‘त्यही रुचि अहिले आएर पूरा भयो ।’ पुल्चोककी २६ वर्षीया टासी डोल्मा शेर्पाले बिबिएस सिध्याएर पनि फेरि ब्याचलर गर्दै छिन् फेसनमा । ‘घरबाट त्यति सपोर्ट नहुदा पनि आङ्खनो रहर पूरा गर्न यहा पढ्दै छु’, सुनाइन् । इटहरीका २२ वर्षे ठिटा चन्द्रकुमार राई पनि  राजधानीमा फेसन पढ्दै छन् । फेसनेबल सहर धरानमा स्कुल पढेका यिनलाई त्यही सेरोफेरोले फेसनप्रति रुचि जगाएछ । नेपालगन्जकी २१ वर्षीया अस्मिता शर्मा र मूलपानीकी २० वर्षीया अनु थापाको फेसन पढ्ने रहर पनि पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको यही कलेजमा फक्रदै छ । विराटनगरकी २० वर्षीया दिभा ओझाका लागि चाहि फेसन पढ्नु उति ठूलो रहर होइन रहेछ । भनिन्– ‘हाम्रो परिवारमा नया विषय पढ्ने लहड छ, त्यसैले यो विषय पढेकी ।’
त्यसो त फेसन भन्नेबित्तिकै ‘छाडा पहिरन’ अनि ‘हल्का विषय’ बुझ्नेहरू पनि छन् समाजमा । अरूका यस्ता बुझाइले उत्पन्न गर्ने ‘मूर्ख’ प्रश्नहरूको सामना पनि यी विद्यार्थीले गर्नुपर्दो रहेछ । ‘केही महिना यसो टेलरिङ सिकेको भए भइहाल्थ्यो नि, किन कलेज नै धाएर पढ्नु ?’ अनुलाई कतिले यसो भन्दा रहेछन् । तर उनी ढुक्क छिन्, मानिसको व्यक्तित्व निर्धारण गर्ने एउटा पक्ष फेसन पनि हो । फेरि कपडाचाहि चिटिक्क विचारचाहि“ संकीर्ण भयो भने नि ? ‘विचार त मानिसको खास ब्युटी नै हो नि, त्यसलाई सघाउने कामचाहि“ फेसनले गर्छ’, मुसुक्क मुस्काउदै दिभाले विश्लेषण गरिन् ।
पढ्दापढ्दै कतिले फेसनसम्बन्धी काम पनि गरिसके । सोल्टी होटलमा नेपालका गनिएका कलाकार र कोरियोग्राफरका अगाडि र्‍याम्पमा क्याटवाक गरेको क्षण सम्झ“दा खुसी लाग्दो रै’छ संगीतालाई । आफै“ले डिजाइन गरेको ड्रेस लगाएर गएकी विपस्वी पौडेल लिटिल मिस वल्र्ड भएको सुन्दा रमाइलो लागेछ अनुलाई ।
बटुवादेखि सेलिब्रिटीसम्मका ड्रेस वाच गर्दा रै’छन् फेसनका यी शिष्य–शिष्या । ‘कतिको सिम्पल खाले ठीकै हुन्छ भने कतिचाहि ओभर फेसनले भद्दा देखिन्छन्’,  यस्तो देखेकी अस्मितालाई अभिनेत्री रेखा थापाको गेटअप उतिसारो चित्त बुझ्दो रहेनछ । अनुलाई भने राप्रपा नेता पशुपतिशमशेर जबराको गेटअप उचित लाग्दो रै’छ । ‘मलाई चाहि मिडियाकर्मी भूषण दाहालको फेसन सेन्स ठीक लाग्छ’, दिभाले भनिन् ।
विषयअनुसार फेसन टिभी प्रायः हेर्छन् उनीहरू । फेसनका मामिलामा विदेशतिरको खुलापन हाम्रा लागि अलि बढी नै हुन सक्छ, अहिलेलाई । त्यसैले कोही लुकी–लुकी हेर्छन् त कोही परिवारस“गै बसेर पनि हेर्छन् । फेसन च्यानल आउनासाथ परिवारले ‘लौ तिम्रो विषय आयो’ भन्दा खुसी लाग्दो रै’छ अनुलाई । ‘सामान्य खालको ड्रेसमा र्‍याम्पमा हि“डेको त सजिलै हेरिन्छ तर परिवारसग बस्दा ‘स्विम स्विट’ दृश्य आयो भनेचै च्यानल चेन्ज गरिहाल्छु’, टासीले भनिन् । चन्द्रचाहि साथीभाइस“ग मज्जाले हेर्दा रहेछन् । ‘यसरी पनि धेरै सिकिन्छ’ –उनले सुनाए ।
यी विद्यार्थीले पढेका छन्– फेसन प्राचीनकालदेखि नै थियो, समयसगै त्यसको प्रकृति बदलिदै गएको हो । शिक्षाले फेसनलाई व्यवस्थित बनाउने काम गर्छ । नेपालमा पनि बिस्तारै यसको क्षेत्र फराकिलो हुदै छ । ‘चिटिक्क परेर हिड्न कसलाई पो मन हुन्न र ?’ यसो भन्ने टासी फेसनबेल हुनलाई मह“गो कपडा नै किन्न पर्छ भन्ने मान्दिनन् । ‘पुराना र साधारण कपडालाई पनि राम्रो तबरले डिजाइन गरेर लगाउन सकिन्छ नि’, अनुले सही थपिन् । अरू कलेजका विद्यार्थी नोटबुक र फोटोकपीमा बढी खर्च गरिरहेका हुन्छन् । यिनीहरू चाहि केमा खर्च गर्छन् त ? ‘हाम्रो त नया कपडा किन्दैमा पैसा सकिन्छ,’ संगीताले सुनाइन् ।

प्रतिक्रिया