जो ४५ दिनदेखि बेखबर छिन्

काठमाडौं, ३० चैत । जैसीदेवलकी ५१ वर्षीया छोरीमैया महर्जन ४५ दिनदेखि बेपत्ता छिन् । छोरीमैया बेपत्ता भएपछि उनकी दुई छोरी सुधा र सुशीलाको दैनिकी महानगरीय प्रहरी परिसर काठमाडौं धाउदैमा बित्न थालेको छ । बिहीबार अपराह्न हनुमान ढोकास्थित कालभैरव मन्दिर पछिल्तिरको प्रहरी परिसरमा टहलिदै गरेको अवस्थामा भेटिएकी सुधाले भनिन्, ‘ममीको खबर थाहा पाइएला कि भनेर प्रहरी कार्यालय धाइरहेका छौ तर सधै निराश बनेर फर्कनुबाहेक केही भएको छैन ।’
१६ फागुनको बिहान साढे आठ बजे सुधालाई फोन गरेर बानेश्वरस्थित निक्की भनिने सुरक्षा सिंहकहा जाने भन्दै हिडेकी थिइन् छोरीमैया । उनी त्यही दिनदेखि बेपत्ता छिन् । ‘निक्की आन्टी घरमा छिन् कि छैनन् भनेर ममीले बाटोबाटै मलाई फोन गरी सोध्न भन्नुभयो, मैले आन्टीलाई ममी भेट्न आउदै हुनुहुन्छ भने,’ आखाभरि आसु पार्दै सुधाले भनिन्, ‘उहाले ममीलाई फोन गर्छु भनेपछि भेट भयो होला भनेर म अफिस गए, ममी त बेलुका पनि आउनुभएन ।’
जैसीदेवलस्थित आङ्खनै घरको दोस्रो तलामा सिलाइ कारखाना चलाउदै आएकी छोरीमैया सधै साढे ११ बजे खाना खान माथिल्लो तला उक्लिन्थिन् । तर, त्यस दिन नआएपछि जेठी छोरी शुभद्राले धेरैपटक फोन गर्दा पनि लागेन । ‘राति एक बजेतिर फोन लाग्या,’ सुभद्राले भनिन्, ‘तर, कुरा हुन पाएन ।’
तीनचारपटक प्रयास गर्दा पनि फोन नउठेपछि सुभद्राले सिंहलाई फोन गरिन् । सिंहले सुभद्रालाई दिउसो ममीसग भेट भएको बताइन् । बेलुकासम्म छोरीमैया घर नफर्केपछि सुशीला र सुधा आफन्तकहा खोज्न पुगे पनि पत्तो लागेन ।
सुधाले भनिन्, ‘ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पुगेका थियौ, बेलुका साढे आठ बजे ममीको नम्बरबाट आफू मनकामनामा रहेको भन्दै एसएमएस आयो, त्यही नम्बरमा फोन गर्दा स्विच अफ भइसकेको थियो ।’
राति अबेरसम्म पनि आमा नआएपछि प्रहरी कार्यालयमा उजुरी दिन सिंहसग सल्लाह मागियो । तर, उनले उजुरी नहाल्न भनिन् र दुई–तीन दिन पर्खिन सल्लाह दिइन् । छोरीमैयाका परिवारले भोलिपल्ट मात्र प्रहरीमा उजुरी दिए । प्रहरीले सोधपुछका लागि निक्कीलाई कार्यालयमै बोलायो । मोबाइलको कल डिटेल्समा उनले १६ गते छोरीमैयालाई फोन गरेको पनि पाइएन ।
सुधाका अनुसार ढुकुटी सञ्चालन गर्ने निक्कीले विगत तीन वर्षदेखि मोटो रकम महगो ब्याजदरमा लिदै आएकी थिइन् । पछिल्लोपटक पनि निक्कीले ५० लाख  लिएकी थिइन् । सुधाले भनिन्, ‘ममी त्यस दिन लेनदेनकै लागि आन्टीलाई भेट्न जानुभएको थियो ।’
निक्कीले छोरीमैयासग पाच लाखमात्रै लिएको बयान प्रहरीलाई दिएकी छन् । छोरीमैयाले ५० लाख दिएको उनको डायरीमा समेत लेखिएको पाइएको छ । घटनाको १५ दिनपछि निक्कीका दाजु दीपक मल्होत्राले सुधालाई कालिकास्थानस्थित सिल्भर भ्याली डेभ्लपर्समा बोलाएर ‘केस’ अघि नबढाउन भनेका थिए । सुधाले सौर्यसग भनिन्, ‘उहाले अफिसमा बोलाएर पैसा दिन्छु, केश अघि नबढाउनू भन्नुभएको थियो ।’
प्रहरी परिसर काठमाडौंले निक्कीविरुद्ध अपहरण तथा शरीर बन्धक बनाएको किटानी जाहेरीपछि बुधबार नियन्त्रणमा लिएको छ । यसअघि उनलाई कार्यालयमा हाजिरमात्रै गराएर छोड्दै आएको थियो । परिसरका डिएसपी धिरजप्रताप सिंहले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया