स्वीकृत नक्साविपरीत बन्यो सिभिल ट्रेड सेन्टर

काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिकानजिकै सिभिल ट्रेड सेन्टर बन्दै छ । बन्दै गरेको सेन्टरले स्वीकृत नक्साभन्दा विपरीत भवन बनाएको खुलासा भएको छ ।
नौ तलाको नक्सा स्वीकृत गरेको सेन्टरले ११ तलाको भवन बनाइसकेको काठमाडौं महानगरपालिकाका एक वरिष्ठ अधिकारीले सौर्यलाई बताए । स्वीकृत नक्साविपरीत भवन निर्माण गरेको भन्दै महानगरपालिकाले सेन्टरमाथि कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ ।
महानगरपालिका सहरी विकास विभाग प्रमुख देवेन्द्र डंगोलका अनुसार नौ तलाको भवन बनाउन अनुमति पाएको सो सेन्टरले ११ तलाको भवन बनाएको छ । महानगरपालिकाका अनुसार सामान्यत ११ फिटको एक तला हुने भए पनि २० फिटको एउटा तला बनाइएको छ । सेन्टरले त्यसलाई एक तला दाबी गरेको छ भने महानगरपालिकाका इन्जिनियरले दुई तलाबराबर मानिरहेका छन् ।
कानुनविपरीत भवन बनाएको भन्दै महानगरपालिकाले सेन्टरका प्रतिनिधिलाई तारेखमा राखेका छन् । सेन्टरका प्रतिनिधि केशव श्रेष्ठले तारेख धाइरहेका छन् । श्रेष्ठले तीनपटकभन्दा बढी तारेख थामिसकेका महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
अनुमतिविपरीत भवन निर्माण भएकाले महानगरपालिकाले तीन महिनाअघि नक्सा प्रमुख उत्तरकुमार रेग्मीको संयोजकत्वमा अनुगमन समिति बनाएको थियो । समितिले नक्सापासविपरीत भवन बनाइएको प्रतिवेदन तयार पारेको छ ।
बागदरबारस्थित काठमाडौं महानगरपालिका छिर्ने ढोकाको देबे्रपट्टि बन्दै गरेको सेन्टरले स्वीकृत नक्साविपरीत ११ तले भवन बनाएपछि महानगरपालिकाले पटक–पटक पत्राचार पनि गरेको थियो । तर, आºनो पत्रको बेवास्ता भएपछि महानगरपालिकाले अनुगमन समिति बनाएर अनुसन्धान गरेको हो । महानगरपालिका नक्सा शाखाका एक कर्मचारीका अनुसार नक्सामा भएका कुराभन्दा बाहिर गएर भवन बनाइएको छ । भवनका बिम बाहिरै देखिएका छन् । यो पनि नियमविपरीत हुने महानगरपालिकाका अधिकारीले बताएका छन् ।
ठूला व्यापारिक भवन बनाउ“दा उपत्यका नगर विकास समितिको स्वीकृति लिनुपर्ने भए पनि सेन्टरले समितिबाट अनुमति लिएको छैन । समितिको अनुमति हेरेर महानगरपालिकाले नक्सा स्वीकृत गर्नुपर्ने भए पनि त्यसो गरिएको छैन । उपत्यका नगर विकास समितिका नियोजक भाइकाजी तिवारीले सो भवन बनाउन समितिबाट कुनै स्वीकृति नलिइएको बताए । ‘ठूला व्यापारिक भवनको स्वीकृति नगर विकासले दिएपछि महानगरपालिकाले नक्सापास गरिदिने हो, हाम्रोबाट स्वीकृति लिइएको छैन,’ नगर नियोजक तिवारीले सौर्यसग भने ।
समितिले यस विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिकासग सेन्टरको फाइल मागेको छ । फाइलै मगाएर अध्ययन गरेपछि थप कुरा खुल्ने अपेक्षा समितिका अधिकारीहरूको छ । महानगरपालिकाले फाइल उपलब्ध नगराएकाले थप प्रक्रिया अघि नबढेको समितिले जनाएको छ ।
सेन्टरका तर्फबाट महानगरपालिकामा तारेख धाइरहेका केशव श्रेष्ठले भने सेन्टरले स्वीकृत नक्साविपरीत कुनै निर्माण नगरेको दाबी गरेका छन् । त्यस्तो केही भएको छैन, श्रेष्ठले सौर्यस“ग भने, ‘थप कुरा महानगरपालिकासगै बुझ्नुस् ।’
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सेन्टरले नक्सापासविपरीत भवन बनाएको विषयमा अध्ययन भइरहेको बताए । अनुगमन समिति बनाएर काम थालिएको उनको भनाइ छ ।  सेन्टरका प्रमुख आइआर तामाङले भने आफूले मापदण्डअनुसार नै आपूmले भवन निर्माण गरेको बताए । उनले भने, ‘महानगरपालिकासग कुनै विवाद छैन ।’

हेलिप्याडः सैनिक मुख्यालयलाई चुनौती
सेन्टरले भवनको छतमा हेलिप्याडसमेत बनाएको छ । हेलिप्याड बनाउन सम्बन्धित मन्त्रालयमार्फत सुरक्षा निकायसग राय माग्नुपर्नेमा त्यसो गरिएको छैन । नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सुरक्षा निकायसग राय लिएर मात्र हेलिप्याड निर्माण गर्न अनुमति दिनुपर्ने बताए ।
‘सम्बन्धित मन्त्रालय हुदै सुरक्षा निकायसग राय माग्नुपर्ने हुन्छ,’ उनले सौर्यसग भने । नेपाली सेनाको मुख्यालयअगाडि रहेको सो सेन्टरको छतको हेलिप्याडबाट सैनिक मुख्यालय प्रस्टै देख्न सकिन्छ । उपत्यका नगर विकास समिति स्रोतका अनुसार हेलिप्याड बनाउने अनुमतिसम्बन्धमा स्पष्ट कानुनको अभाव छ । सैनिक प्रवक्ता जर्नेल रमीन्द्र क्षेत्रीले ठूला भवनको छतमा हेलिप्याड बन्दैमा ‘सुरक्षा खतरा’ नहुने बताए । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आवश्यक परेका बेला राज्यले त्यस्ता कुरालाई प्रतिबन्ध लगाउन सक्ने उल्लेख गर्दै जर्नेल क्षेत्रीले हेलिप्याड बनाउदैमा केही नहुने दाबी गरे ।

प्रतिक्रिया