‘सजिए भित्ता शुभकामनाले फेसबुकका’

काठमाडौं, ३० चैत । उकाली र ओरालीका साथ विक्रम सम्वत २०६८ आज मध्यरातिदेखि नेटोकाटेर बिदा हुँदैछ । मध्यरातदेखि विक्रम सम्वत २०६९ को सबै नेपालीले स्वागत गर्ने छन् ।

हुनत, माघ महिनाको मध्यतिर नेपालीहरुले अंग्रेजी साल सन २०१२ को स्वाद लिई सकेका छन् । शुभकामना आदान प्रदान पनि गरेर छन् । तर सरकारी चलन चल्तीको मिति विक्रम सम्वतले आज मध्यरातदेखि काँचुली फेर्ने भएकाले यसलाई पनि अझ उल्लासका साथ मनाईन्छ ।

दुःख, सुःख कटाउदै नेटो काट्न लागेको २०६८ साल र नयाँ उमङग लिएर आउदै गरेको २०६९ साललाई हरेक नेपालीले स्मरण गरिरहेका छन् ।

यसै क्रममा शुभकामना आदान प्रदानको प्रमुख सजिलो माध्यम बनेको सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु बाक्लै रुपमा सजिएका छन् । बिरलैलाई छाडेर फेसबुकका भित्तामा नयाँ बर्षका शुभकामना र तस्बिर सहितका सन्देश छाडिएका छन् ।

अनेक थरी कविता, गीत, गजल र भावना सहित राखिएका फेसबुकका भित्तामा आफूलाई एक्लो महसुश गर्ने देखि रमाइलो गरिएका बिषय समेत राखिएका छन् ।

फेसबुकको सिरानको देब्रे तर्फ मनपराउने तथा शुभकामना झुण्डाईदिनेहरुका राता राता सन्देशले सबैका भित्ता भरिएका छन् ।

नयाँ सालको सौर्य दैनिक परिवारले पनि आफ्ना शुभेच्छुक, पाठकलगायत सबैलाई शुभकामना दिएको छ ।

प्रतिक्रिया