विद्यालयबाट पुस्तक बिक्री नगर्न निर्देशन

काठमाडौं, ३० चैत । शिक्षा विभागले सरकारको निर्देशन विपरीत मूल्यमा स्टिकर लगाइएको पुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गर्न निर्देशन दिएको छ ।

शिक्षा विभागले मन्त्रालयको निर्णयानुसार यसवर्षदेखि कुनै पनि विद्यालयलाई विद्यालय हाताभित्रबाट पुस्तक बिक्री नगर्न र बिक्रेतालाई आफूखुसी पुस्तकमा स्टिकर टाँस्ने तथा कालो पोतेर नयाँ मूल्य राखेर पुस्तक बिक्री नगर्न निर्देशनसहितको परिपत्र गरेको हो ।

विभागको निर्देशनलाई अटेर गर्दै कतिपय विद्यालयले पुस्तक प्रकाशकसँग मोटो रकम कमिसन लिएर मूल्य छापिएको ठाउँमा कालो पोत्ने वा स्टिकर टाँसेर आफूखुसी नयाँ मूल्य राखेर बिक्री गर्ने गरेको पाइएपछि विभागले यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया