सर्वोच्चको निर्णय सच्चाउनु पर्छः यादव

जनकपुर, ३० चैत । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सर्वोच्च अदालतका कारण फोटो सहितको मतदाता संकलन कार्यमा समस्या आएको आरोप लगाएका छन् ।

जनकपुरमा आज आयोजित कार्यक्रममा यादवले मतदाता नामावली संकलनमा सर्वोच्च अदालतको निर्णय सच्चाउन अति आवश्यक रहेको बताए । उनले सर्वोच्चलाई तत्काल आफ्नो निर्णय सच्याउन आग्रह समेत गरेका छन् ।

नागरिकता नपाएका सर्वसाधारणले मतदातानामावलीमा आफ्नो नाम दर्ता गराउन नसकेको भन्दै यादवले फैसला गर्नु अघि सर्वोच्चले त्यस्ता बिषयलाई ध्यानमा राख्नुपर्ने बताए ।

उनले नागरिकताको सुविधालाई ध्यानमा राखी तत्काल सर्वोच्चको निर्णय संशोधन आवश्यक रहेको बताएका छन् ।

‘सर्वोच्चले नेपाली नागरिकको असहजतालाई नभई सहजतालाई ध्यान दिनुपर्दछ’, उनले भने, ‘नागरिकताको सहजताका निम्ती सर्वोच्चले आफ्नो निर्णय संशोधन गर्नुपदर्छ ।’

प्रतिक्रिया