बिवादित बिषयमा साता दिनमै सहमति हुन्छ

काठमाडौं, ३० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैशाख ५ गतेभित्र संविधानका विवादित विषयमा सहमति बन्ने दावी गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीहरुको टोलीसँग कुराकानी गर्दै अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियामा भएको प्रगतिका आधारमा बैशाख ५ गतेभित्रै संविधानका विवादित विषयमा सहमति बन्ने बताए  ।

उनले भने, ‘शीर्ष नेताहरुले गरेको प्रतिवद्धता अनुसार अब व्यवहारमा पनि काम हुन्छ ।’

शान्ति प्रक्रिया र संविधान निर्माण कार्य एक अर्कासँग अन्तरसम्बन्धित रहेको भन्दै नेम्वाङले शान्ति प्रक्रिया पछाडि फर्कन नसक्ने गरी अगाडि बढेको बताए । उनले अब संविधान निर्माणको काम पनि दु्रत रुपमा अगाडि बढने उल्लेख गरेका छन् ।

संविधान निर्माणका लागि सकारात्मक दवाव दिनु पर्ने अध्यक्ष नेम्वाङको भनाई छ । उनले सबैको दबाव भए संविधान जेठ १४ गते भित्रै आउने बताए ।

प्रतिक्रिया