जनमत संघीयतको बिपक्षमा छः केसी

काठमाडौं, २७ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलको जनमत संघीयताको बिरुद्धमा रहेको दाबी गरेका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा केसीले दलहरु संघीयताबाट पछि नहटे मुलुकले ठूलो मुल्यचुकाउनु पर्ने चेतावनी दिए । उनले भने, ‘स्वायत्त मधेस एक प्रदेशको माग स्वतन्त्र मधेस बनाउने उदेश्यले आएको छ ।’

अध्यक्ष केसीले संघीयतालाई खारेज नगरे नेपालमा खतरा आउने भन्दै मधेसवादी दलहरु नेपालबाट मधेशलाई अलग गरी भारतमा बिलयगर्ने पथमा लागेको आरोप लगाए ।

बिश्वका एक सय ७० बढी देशमा एकात्मक शासन प्रणाली भएपनि विकासमा अग्रस्थानमा रहेको अध्यक्ष केसीको भनाई थियो ।

एमालेका केन्द्रीय सदस्य रघुबीर महासेठले पार्टी न्युनतम सात वटा प्रदेश निर्माण गर्नुपर्ने पक्षमा उभिएको बताए । उनले भने, ‘जातीय आधारमा संघीयताको बनाउने पक्षमा एमाले छैन ।’

प्रतिक्रिया