प्राइम र प्रिमियरको विजयी सुरुआत

काठमाडौं, २६ चैत । डिफेन्डिङ च्याम्पियन प्राइमले दोस्रो नेकोस राष्ट्रव्यापी खुला महिला बास्केटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा प्राइमले नासालाई ३९–१९ ले पराजित गर्‍यो । पहिलो क्वार्टरमा ११–३ को अग्रता लिएको प्राइमले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो । प्राइमले दोस्रोमा १३–११, तेस्रोमा ९–२ र चौथोमा ९–३ को अग्रता लियो । प्राइमको जितमा दीपिका उप्रेतीले ९ अंकको योगदान गरिन् ।
जितसगै प्राइम समूह ‘ए’ को विजेता तथा नासा सोही समूहको उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेका छन् । मोतीदेवी श्रेष्ठको स्मृतिमा नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा प्रिमियरले पनि जित हात पार्दै क्वार्टरफाइनलमा समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनायो ।
प्रिमियरले मोर्गनलाई ५१–२० ले हरायो । सबै क्वार्टरमाथि कब्जा जमाएको प्रिमियरले क्रमशः १५–४, ७–६, ११–८ र १८–२ को प्रदर्शन गर्‍यो । विजेताकी अनुषा मल्लले १८ स्कोर गरिन् । मोर्गनको पनि उपविजेताका हैसियतले क्वार्टरफाइनलमा स्थान सुरक्ष्ित छ । प्रतियोगिताको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । पा“चदिने प्रतियोगितामा मोफसलका ३ र उपत्यकाका ५ सहित ८ टिम सहभागी छन् । टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया