राजस्थानको विजययात्रा जारी

जयपुर, २६ चैत । इन्डियन प्रिमियरलिग क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा राजस्थान रोयल्सले कोलाकाता नाइटराइडर्सलाई २२ रनले पराजित गर्‍यो । १ सय ६५ रनको विजयलक्ष्य पाएको कोलकाताले अन्तिम बलमा १०आंै विकेट गुमाउ“दै १ सय ४२ रन जोड्यो । अन्तिम दुई ओभर बाकी रहदा तीन विकेट बाकी रहेको कोलकाताका लागि ३४ रन आवश्यक रहेपछि जितको सम्भावना कायम रहेको थियो । १९आंै ओभरबलिङ गरेका केभन कपुरले तीन रन खर्चिंदै दुई विकेट लिएपछि राजस्थानको जित पक्का भएको थियो । कोलकाताका मनोज तिवारीले अन्तिम बलमा आउट हुनुअघि ५९ रन जोडे । ४९ बलको सामना गरेका तिवारीले सात चौका प्रहार गरे । कुपरको बलमा बोल्ड हुनुअघि ब्रेटलीले ११ बलको सामना गर्दै २५ रन जोडे । कुपरले चार ओभरमा २८ रन खर्चिंदै तीन विकेट लिए । अंकित चाभनले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिए । अमित सिंह र सिद्धार्थ द्विवेदीले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पा“च विकेटको क्षतिमा १ सय ६४ रन जोड्यो । राजस्थानका ब्राड होजले २९ बलमा ४४ रनको योगदान गरे । उनले तीन चौका र दुई छक्का प्रहार गरे । ओएसिस साहले ११ बलमा दुई चौका र एक छक्कासहित २३ रन जोडे । अशोक मेनरियाले ३० बलमा ४० रन प्रहार गरे । लगातार दोस्रो जितसहित राजस्थान अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । यसअघि राजस्थानले किङस पन्जाबलाई पराजित गरेको थियो ।

जडेजाको अलराउन्ड प्रदर्शन
शनिबार राति भएको खेलमा रवीन्द्र जडेजाको अलराउन्ड प्रदर्शनको सहयोगमा चेन्नाई सुपरकिङसले डेक्कन चार्जरलाई ७४ रनले पराजित ग¥यो । २९ बलमा ४८ रन प्रहार गरेका जडेजाले चार ओभर बलिङ गर्दै १६ रन खर्चेर पा“च विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले ६ विकेट गुमाउ“दै १ सय ९३ रनको विशाल योगफल खडा गर्‍यो । ड्वाइन ब्राभोले १८ बलको सामना गर्दै ४३ रन प्रहार गरे । यस क्रममा उनले पा“च छक्का प्रहार गरे । जडेजा र ब्राभोले १५ बलमा २७ रनको साझेदारी गरे । चेन्नाईले अन्तिम १६ बलमा ४३ रन प्रहार गरेको थियो ।
जवाफमा १ सय ९४ रनको लक्ष्य लिएर ब्याटिङ गरेको डेक्कन १७.१ ओभरमा अलआउट हु“दै १ सय १९ रनमा सीमित भयो । डेक्कनका क्यामरुन ह्वाइटले २३ तथा पार्थिव पटेलले २० रन जोडे । एजेन्सी

प्रतिक्रिया