तागतिला शान्तदास

कुनै आगन्तुक ढोकामा आइपुग्दा उनी फुत्त साचो फालिदिन्छन् । ताल्चा बाहिरैबाट खोल्न मिल्ने रहेछ । आगन्तुक आफ्नै घरको ढोकाजसरी ताल्चा खोलेर भित्र छिर्छ । आगन्तुक व्यक्ति साचो दिन भरोसायोग्य हो कि होइन भन्नेबारे उनी तुरुन्तै निर्णय गरिहाल्दा रहेछन् । छिर्नासाथ एक तलामाथि उनी भेटिइहाल्छन् । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको घरभित्र पस्ने यस्तो चलन कतिलाई आत्मीय लाग्दो हो, कतिलाई झन्झटिलो पनि । तर, भित्र पस्नासाथ देखिने यिनको उज्यालो मुहारले मनभरि पीडा बोकेर आउने मान्छे पनि एक छिन आनन्दले सुस्ताउछ होला । चार बीस छुन आटेको बुढ्यौलीमा छन् उनी तर बहुत सुकिला देखिन्छन् । न स्या–स्या, न त ख्वाङ–ख्वाङ खोकी । यी त्यसै गरी बोल्छन् अनि उत्साहित हुन्छन्, जसरी एउटा स्वस्थ युवा प्रस्तुत हुन्छ ।
सानो भलाकुसारीपश्चात् आङ्खनो स्वस्थ अनि लामो जीवनको टिप्स सुनाए उनले– ‘बिहान चार बजे उठ्ने, नित्यकर्म गर्ने,  त्यसपछि दस मिनेट हलुका कसरत अनि एक घन्टा प्राणायाम । यति गरेपछि स्वस्थ र निरोगी भइन्छ,’ थपे– ‘अर्जुन रूखको बोक्राले बनेको ‘अर्जुन क्वाथ’ चियासगै दूध–चिनी मिसाएर खान कत्ति पनि भुल्दिन ।’
प्राकृतिक साधन जडीबुटीले शरीरको सन्तुलन मिलाउनाका साथै मजबुती दिलाउनमा भूमिका खेल्ने विश्वाससगै यी बालपत्रिका सम्पादकले कहिलेकाही सिउडी, शिलाजित र चन्द्राप्रभावटी एक–दुई थोपा खाने लत पनि पालेका रहेछन् । यो लतले उनको शरीरलाई सहयोग गरिरहेको छ अनि शरीरले चाहि उनको सक्रियतालाई ।
मन लागेअनुसार बिहान प्रातः भ्रमणमा निस्कन्छन् । त्यसो त यी ७८ वर्षीय वृद्ध सधै बिहान–बिहान इन्द्रचोक पुग्छन् अनि तरकारी र अन्य घरायसी सामग्री (पाच केजी) किनेर घर ल्याउछन् । यो उनको आङ्खनै इच्छा हो । परिवारलाई सघाउने अनि पत्नीलाई फकाउने कलामा बडो निपुण रहेछन् । यत्तिको बुढ्यौलीमा पनि स्वस्थ शरीर जो उनका साथमा छ ।
धर्म र पूजाआजा गर्नेसग कुनै शत्रुता र ३६ को आकडा नभए पनि मानन्धर आफूले चाहि ४०–५० वर्षअघि प्रगतिशील भएपछि त्यसलाई बागमतीमा सेलाएछन् । घन्टी हल्लाउने, भजन गाउने, धूप बाल्ने काममा धुपौरे हुनुबाहेको कुनै औचित्य उनको ब्रह्मले ठम्याउन सकेनछ । तैपनि महिनाको एक–दुईपटक उनी स्वयम्भू चढिरहेका हुन्छन् । तर, उनको ध्येय स्वयम्भूको दर्शन नभएर भर्‍याङ चढेर आङ्खनो शारीरिक अवस्थाको नापजाच गर्नु हुदो रहेछ । आफूभित्रको श्वास र बलको अवस्था बुझ्न यसो गर्दा रहेछन् ।
उनी आङ्खनो कार्यालयका एक्ला कर्मचारी हुन् । सुत्ने कोठा नै ‘बालकोसेली’ मासिक पत्रिकाको कार्यालय भएकाले अफिस जान कुनै धौ–धौ पर्दैन । बिहानको खाजा दुइटा रोटी र चिया खाएर कार्यालय पस्छन् । भ्याइनभ्याइ भए पनि आरामले लेखकहरूस“ग फोनमार्फत रचना माग्ने, आएका लेखरचना पढ्ने, भाषा–सम्पादन, टाइप, प्रुफ–संशोधन गर्ने दैनिकीलाई निरन्तरता दिन्छन् । दैनिक काम सकेर राति १० बजेसम्ममा सुतिसक्दा रहेछन् ।
जीवनका धेरै घाम–छाया भोगेका शान्तदास दार्शनिक मुडमा बोल्न थाले– ‘हामीकहा“ उल्टो नदी बग्छ । सानालाई माया गर्छौं र ठूलालाई आदर, तर त्यो गलत कुरा हो । ठूलाले सानालाई आदर गरे पो सानाले ठूलालाई माया गर्छन् ।’
समयअनुसार उनको मनोरञ्जनका साधन पनि फरक हुदै गएका रहेछन् । टिभीमा समाचार हेर्नु, पत्रपत्रिका पढ्नु, साहित्यिक निम्तोमा पुग्नु, घरपरिवारसग समय बिताउनु उनका अहिलेका मनोरञ्जक क्रियाकलाप रहेछन् ।
उनको दार्शनिकता फुरिरहेकै छ–‘हामीकहा बालबालिकालाई जबर्जस्ती तर्साइन्छ । यसो नगर बाबु † उसो गर छोरी भन्दै हैकम चलाएर आफूअनुकूल बनाइन्छ । उसले के खोजेको हो, हामी ध्यान दिन्नौ ।’ यस्ता मानिस देख्दा ऐठन हुदो रहेछ यी बालबालिकाका वृद्ध साथीलाई ।
यो मीठो, त्यो नमिठो भन्ने उनको बानी छैन रे † जे दिन्छन् मज्जा मानेर खाने मानन्धरको जिब्रोले अहिले आएरचाहि सुक्खाभन्दा झोलिलो तरकारी खान बढी मन गर्दाे रहेछ । भोजको खोज गर्दै नहिड्ने सोच भएका शान्तदास नगइनहुने भोजमा मात्रै मोज गर्न पुग्दा रहेछन् ।
‘रुम टु रिड’ संस्थाबाट एक सय ४० वटा बालपुस्तक सम्पादन गर्न पाएको क्षण नै मेरो जीवनको अविस्मरणीय हो’ –स्वस्थ शरीर अनि त्यत्तिकै स्वस्थ दिमागभित्र मीठा अनुभूति प्रशस्तै छन् ।
साझमा उनको ढोका खोलेको मैले घडी हेरे । उनैले बोलिहाले– ‘आम्मै रातै पो परिसकेछ ।’ म उनलाई आरामले बस्नुस् भन्दै उठे । तर, उनी सगसगै छोड्न तलसम्मै आए । लोडसेडिङले गर्दा बाटो अध्यारै छ । छामछाम छुमछुम गर्दै बाहिर निस्किए । स्वस्थ बोलीमा उनको उत्साह कायमै थियो– ‘पाल्दै गर्नुहोला है †’

प्रतिक्रिया