करेन्ट लागेर कामदारको मृत्यु

चितवन, २६ चैत । पूर्वी चितवनको कुमरोजमा करेन्ट लागेर एक जनाएको ज्यान गएको छ । कुमरोज–५ मा टंकलाल श्रेष्ठको घर बनाउने क्रममा कामदार मगना महतोको करेन्ट लागेर ज्यान गएको हो ।
भुँईबाट छतमा रड लैजाने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कुमरोज–४ घर भएका ४५ वर्षका महतोको घटनास्थलमा नै मृत्यु भएको थियो । (सौस)

प्रतिक्रिया