आइटिएफ अध्यक्षमा कुमार निर्विरोध

काठमाडौं, २५ चैत । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ -एनआइटिएफ) को अध्यक्षमा कुमार थापा चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । महासंघको पाँचौं अधिवेशन तथा विशेष साधारणसभाले कुमारको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षद्वयमा चेतनराज गिरी तथा अञ्जुनाथ श्रेष्ठ रहेका छन् । यसअघि पनि दुवै उपाध्यक्ष नै थिए । अघिल्लो कार्यसमितिका सदस्य रेवतबहादुर रानाले महासचिवको जिम्मेवारी पाए । सचिवमा शान्ति तामाङ तथा कोषाध्यक्षमा विजय श्रेष्ठ छन् ।
सदस्यहरूमा विश्व श्रेष्ठ, थमबहादुर बहिक, वसन्तकुमार गुरुङ, प्रभुनारायण शिवाकोटी, प्रवीणकुमार कार्की, उमेश राजथला, फतिमा बिबी, वासुदेव भट्ट, स्नेहा नेपाली, नन्दकिशोर वर्मा तथा अञ्जु राउत रहेका छन् । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् -राखेप)का सदस्य-सचिव युवराज लामाले उद्घाटन गरे । साधारणसभामा परिषद्का बोर्ड सदस्य रामकृष्ण बानियाँ र परिषद् सदस्य एवं आइटिएफका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट पनि उपस्थित थिए

प्रतिक्रिया