अहिले चाहिँ अहँ ।

अहिले चाहिँ अहँभर्खर सकिएको एसएलसी परीक्षा दिएको विद्यार्थीलाई शिशुदेखि १० कक्षासम्म पढाउने शिक्षकले ४० लाई अक्षरमा लेख्नपर्दा ‘चालीस लेख्नु, चालिस लेखिस् भने गल्ती हुन्छ’ भनेका छन् । अबको केही महिनामा ती विद्यार्थी ११ मा जान्छन् । त्यहाँ नेपाली पढाउने शिक्षकले यसको ठीक उल्टो भन्छन्, ‘चालीस नलेख्नु, त्यो गल्ती हो । चालिस लेख्नु ।’
भाषा एउटै । शिक्षा दिने मन्त्रालय एउटै । आजसम्म जे ठीक छ भोलि त्यही गलत † आजसम्म के गलत छ भोलि त्यही ठीक † जुन कुरा सिक्दा शिक्षा मन्त्रालयले ‘पास भइस्’ भनेर आज प्रमाणपत्र दिन्छ, भोलि त्यही कुरा लेख्दा त्यही मन्त्रालय गलत गरिस् भन्छ । यतिका वर्ष मन्त्रालयले जे ठीक भनेर सिकायो त्यही कुरालाई त्यही मन्त्रालयले गलत भन्छ भने यस वर्ष एसएलसी परीक्षा दिएका सवा पाच लाख विद्यार्थीले गलत कुरा सिकाएबापत क्षतिपूर्ति माग्न पाउछन् कि पाउदैनन् ?
यो यस्तो क्षति हो जसको पूर्ति हुनै सक्दैन । जुन क्षतिको पूर्ति हुन सक्दैन, त्यो काम गर्नै पाइदैन, जस्तै– मृत्युदण्ड जसलाई नेपालको संविधानले रोक लगाएको छ । यस क्षतिको पूर्ति हुन सक्दैन भनेर किन भनेको भने यसअघि यस्तै काम गर्दा तिनबाट अपूरणीय क्षति भएको छ । अभि सुवेदीले एउटा लेखमा कृष्णचन्द्र सिंह प्रधानको पीडा उल्लेख गरेका छन्, ‘कृष्णचन्द्रका ७० प्रतिशत शब्द अशुद्ध बनाइदिए । कृष्णचन्द्रले अशुद्ध लेखेका होइनन्, उनले लेखेका शुद्ध शब्दलाई पछि आएर अरूले अशुद्ध भनिदिए । जीवनभर अरू काम नगरी नेपाली साहित्यको साधना गरेका मानिसलाई यो अवस्थामा पुर्‍याउदा साहित्यकार, साहित्य अनि देशलाई पुगेको क्षतिको पूर्ति गर्न सकिन्छ ?’
यो काम मूलतः त्रिभुवन विश्वविद्यालयमा नेपाली पढाउने मानिसको स्वार्थमा भएको हो । यसो किन गरेको भनी सोध्दा उनीहरू जवाफ दिन्छन्– नेपाली भाषा सरल बनाउन † कुन शब्द ह्रस्व लेख्ने, कुन शब्द दीर्घ लेख्ने भनेर नियम बनाइदियो भने त्यहीअनुसार गर्न हुन्छ भनेर † अर्थात् यो काम पढाउने सिकाउने मानिसको सजिलोका लागि गरिएको हो । भाषा उपयोग गर्ने मानिसले उपयोग गर्दै जान्छन् । त्यसका आधारमा नियम यस्तो रहेछ भनेर भाषाका विज्ञले त्यसको रेकर्ड राख्छन् । उपयोग गर्ने मानिसले चलन फेर्दै जान्छन् । भाषाका विज्ञले त्यहीअनुसार यो कुरा फेरियो भन्छन् । ‘स्पेरान्तो’ नामक कृत्रिम भाषाबाहेक अरूमा पहिले नियम बनाउने र त्यहीअनुसार गर्ने चलन छैन । त्यसमाथि पढाउनका लागि ‘सजिलो पार्ने’ एक मात्र उद्देश्यले भाषाका हिज्जेका नियम बनाउने र लाद्ने चलन भएको देश नेपाल मात्रै होला । संसारको सबैभन्दा अग्लो टाकुरा र संसारका सबैभन्दा होचा मानिस चन्द्रबहादुर भएको एक मात्र देश भएझै †
स्कुलदेखि लिएर कलेजसम्म सबैभन्दा धेरै विद्यार्थी फेल हुने विषय अंग्रेजी हो । सिकाउन सजिलो होस् भनेर भाषाका नियम बनाउन पाइन्छ भने यो काम त्यही भाषाबाट थालौ न त । नेपालीमा अंकलाई अक्षरमा लेख्दा एउटै खालको हिज्जे नहुदा विद्यार्थीलाई अप्ठ्यारो परेको छ । उन्नाइसचाहि ह्रस्व अनि चालीसचाहि दीर्घ । यस्तो पनि हुन्छ † नेपाली पढाउनेले गरेको तर्क यही हो ।
अंग्रेजीमा पनि अंक लेख्ने बेलामा विद्यार्थीलाई यस्तै समस्या परेको छ । सिक्स्टी, सेभेन्टी, एटी र नाइन्टी लेख्ने बेलामा सिक्स, सेभेन, एट र नाइनका पछाडि ‘टी’ र ‘वाई’ लेखे हुने । ट्वेन्टी, थर्टी, फोर्टी र फिङ्खटी लेख्ने बेलामा चाहि तिनका पछाडि ‘टी’ लेख्न नपाइने ? वान र वान लेख्दा इलेभेन, टु र वान लेख्दा ट्वेन्टी–वान हुने अनि सेभेन र वान लेख्दा सेभेन्टी–वान हुने † यस्तो पनि हुन्छ †
नेपाली पढाउनेले झै अंग्रेजी पढाउनेले पनि यस्तो तर्क गर्न मिल्यो । नेपाली पढाउनेले ‘अंकलाई अक्षरमा लेख्दा सुरु र बीचमा ह्रस्व र अन्त्यमा दीर्घ लेख्ने भनेर’ नियम बनाएजस्तै अंग्रेजी पढाउनेले पनि यसो भन्नुप¥यो– ‘अंकलाई अक्षरमा लेख्दा त्यस अंकभन्दा पछाडि वान, टु आदि थप्दै जाने अर्थात् सेभेनको पछाडि वान लागेर बनेको अंकलाई सेभेन्टी–वान भनेझै वानका पछाडि वान लागेर बनेको अंकलाई वान्टी–वान लेख्ने ।’  तर, अंग्रेजी पढाउनेले त्यसो गरेका छैनन् । उपयोग गर्र्नेले जसरी उपयोग गरेका छन् त्यसैगरी उपयोग गर भनेर विद्यार्थीलाई राम्रोसग सिकाउने कोसिस गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. जीवेन्द्र देव गिरीले हालै मलाई भने– ‘नियममा नमिल्ने अर्थात् सुरुमा दीर्घ लेखिने यति धेरै शब्दको हिज्जे कसरी जान्नु ?’ अंग्रेजीका शिक्षकले यसैगरी नियममा नमिल्ने अंग्रेजी शब्दको सूची बनाए भने नेपालीको भन्दा धेरै–धेरै लामो हुने रहेछ तर संसारभरका अंग्रेजी भाषाका शिक्षकले त्यसो भनेका छैनन् । तिनका हिज्जेलाई बाध्ने एउटै नियम बनाउने चेष्टा गरेका छैनन् किनभने उनीहरूलाई थाहा छ, हरेक शब्दका छुट्टै नियम हुन सक्छन् । उनीहरूलाई थाहा छ, यसो गर्नु उनीहरूको क्षेत्राधिकारभित्रको कुरा होइन । त्यसलाई बदल्न प्रयोगकर्ताले मात्रै सक्छन्, त्यो पनि नियम बनाएर होइन, व्यवहार गरेर । नेपालमा अंग्रेजी पढाउने शिक्षकले यसो गर्नुपर्छ भनेका खण्डमा शिक्षा मन्त्रालयले पक्कै मान्दैन ।
लिम्बू भाषामा ‘फेन्’ शब्दका पछाडि ‘पान्’ आयो भने यसको उच्चारण ‘फेम्बान्’ हुदो रहेछ । ‘तात्’ का पछाडि ‘मा’ आयो भने ‘ताप्मा’ हुदो रहेछ । लिम्बू भाषाका शिक्षकले ‘फेन्’ र ‘पान्’ शब्द जोडिदा ‘न’ लाई आधा ‘म’ र ‘प’ लाई ‘ब’ हुन पाउदैनस् भनेर लौरो टिप्दैनन् । नेपालको शिक्षा मन्त्रालयअन्तर्गत बनेको लिम्बू भाषाका पाठ्यक्रमले त्यसो गर्नु भन्दैन ।
तर, नेपालीका शिक्षक त्यसो भन्छन्, गर्छन् । उनीहरूको अनुसरण गर्ने हो भने नेपाली वैज्ञानिकले यसो भन्नुपर्छ, ‘हेटौडामा १०० डिग्री सेल्सियसमा उम्लने पानी सगरमाथाको टुप्पोमा चाहि किन ६९ डिग्रीमै उम्लन्छस् ? उनीहरूले यस्तो नियम बाध्नुपर्छ– अबदेखि सगरमाथाको टुप्पोमा पनि पानी १०० डिग्रीमै उम्लनुपर्छ । जुन दिन यो नियम मानेर सगरमाथाको टुप्पोमा पनि पानी १०० डिग्री सेल्सियमै उम्लन थाल्ला त्यस दिन नेपाली भाषा शिक्षकले बाधेका नियममा बाधिनुपर्छ भनेर अभियान थालौला ।

प्रतिक्रिया