जुम्लामा पुस्तकदेखि औषधिसम्मको अनुगमन

जुम्ला, २५ चैत । गुणस्तरीय सामान पाउन त परै जाओस्, आवश्यक सामान नै पुर्‍याउन समस्या हुने जुम्लामा यो वर्ष पुस्तकदेखि औषधिसम्मको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा पहिलोपटक औषधि पसलमा अनुगमन गरी म्याद गुज्रिएका औषधिसमेत नस्ट गरिएको छ ।
सिडिओ महादेव पन्थका अनुसार नया शैक्षिक सत्र सुरु भएपछि केही निजी प्रकाशनगृहका पाठ्यपुस्तकमा वास्तविक मूल्यमा स्टिकर टासेर महंगोमा बेचेको पाइएपछि त्यस्ता पुस्तक बेच्न रोक लगाइएको छ । त्यस्ता पुस्तक बेच्ने पसलेलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया थालिएको सिडिओ पन्थले बताए । उनका अनुसार इंलिस ग्रामर एन्ड कम्पोजिसन, लर्निङ इंलिस, अल इन वान (हार्ड कभर) पुस्तकमा स्टिकर टा“सिएको भेटिएको थियो । अब पनि त्यस्ता पुस्तक बेचेको पाइए कारबाही हुने पन्थले बताए ।
जिल्लामा पहिलोपटक औषधि पसलमा छापा मारी म्याद गुज्रिएका औषधि नस्ट गरिएको उनले बताए । उनको नेतृत्वमा केही समयअघि पाचवटा संगठनका प्रतिनिधिले औषधि पसलमा छापा मारी ४० किसिमका १३ कार्टुन औषधि बरामद गरेको थियो । जिप्रकासहित जिल्ला जनस्वाथ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, चन्दननाथ गाविस र राष्ट्रिय अनुसन्धान विभागको टोलीले औषधि पसलमा छापा मारेको थियो । टोलीले जुम्लाको शिव मेडिकल हल, सिद्धिविनायक मेडिकल हल भारतीवाडा, मालाभिड एग्रेभेट सेन्टर र धिताल एग्रोभेट सेन्टरमा छापा मार्दा ४० किसिमका औषधि म्याद सकिएको भेटिएका थिए ।
पन्थले जिल्लावासीलाई कसैले ठगी गर्न नपाओस् भन्ने उद्देश्यले अनुगमनलाई तिब्रता दिइएको जानकारी दिए । औषधि पसलमा अनुगमन गरी कारबाही गर्ने चेतावनीपछि त्यसप्रकारको औषधि बिक्रीवितरण नियन्त्रण भएको उनको भनाइ छ । उनका अनुसार खाद्यवस्तुको समेत अनुगमन गरिएको छ । जिल्लामा जनताको स्वास्थ्य र गुणस्तरीय वस्तुमा कसैले पनि खेलबाड नगर्न निर्देशन दिइएको उनले बताए ।
पुस्तकको समस्या छैन
कर्णालीमा सधै पुस्तकको समस्या हुने गरे पनि यस वर्ष जुम्लामा भने विद्यालय तहका पुस्तकका लागि समस्या छैन । कर्णालीका जिल्लामा १ फागुनदेखि नया शैक्षिक सत्र सुरु हुन्छ ।  जुम्लामा आवश्यक पुस्तक पुगे पनि अघिल्लो वर्षभन्दा कम बिक्री भएका छन् । साझा प्रकाशनको जुम्ला शाखा प्रमुख सतीश मजगैयाले जुम्लामा आवश्यक पुस्तक आइसकेको जानकारी दिए । उनले भने, ‘यहा आवश्यक पुस्तक आइसकेका छन्, अर्को वर्षलाई स्टकसमेत रहने देखिएको छ ।’ उनका अनुसार यो अवधिसम्म अघिल्लो वर्ष २८ लाख  रुपियाभन्दा बढीको पुस्तक बिक्री भएकामा यो वर्ष २६ लाख रुपिया“को मात्र बिक्री भएको छ । उनले असार–साउनसम्म पुस्तक बिक्री हुने बताए ।

प्रतिक्रिया