विराटनरमा पत्रकार हत्या विरोधमा प्रर्दशन

विराटनगर २५ चैत । झापाको विर्तामोडमा २१ चैतमा मारिएका पत्रकार यादव पौडेलको हत्यारालाई कारबाहीको माग गर्दै आज विराटनगरका पत्रकारले बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल प्रेस युनियनको अगुवाईमा भएको प्रदर्शनमा राजनीतिक दल, पत्रकार र नागरिक समाजका अगुवाको सहभागिता थियो । बिरोध प्रदर्शन पछि पौडेलप्रति श्राद्धान्जली कार्यक्रम गरिएको छ ।

प्रर्दशनका क्रममा उनीहरुले पत्रकार पौडेलका हत्यारालाई सार्वजनिक गर्न र कानून बमोजिम कडा कारबाही गर्न माग गरिएको थियो ।

व्यानर र प्लेकार्ड सहित महासंघ मोरङ शाखावाट निस्किएको जुलुसले विराटनगर वजार परिक्रमा गर्दै ट्राफिक चौकमा पुगेर श्राद्धान्जली सभा सम्पन्न गरिएको थियो ।

श्राद्धान्जली सभामा प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले हत्याराहरु सार्वजनिक गरेर कडा कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने वताए ।

क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रीय सदस्य विवेक गौतम, प्रेस चौतारी मोरङका अध्यक्ष विक्रम लुईटेल र पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष विक्रम निरौलाले पनि पत्रकार पौडेलमाथि भएको हत्याको भत्र्सना गरेका थिए ।

प्राज्ञ कृष्णभुषण वलले पत्रकारहरुमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै सरकारले त्यस्ता अपराधीलाई कडा कारवाही गर्नु पर्ने बताए ।

एकीकृत माओवादी मोरङका सहईन्र्चाज गणेश उप्रेतीले संक्रमणकालले गर्दा पत्रकारहरुसंगै आम नागरिकहरु पनि असुरक्षित भएको बताए ।

एमाले मोरङका सचिव महेश रेग्मीले राजनीतिक संरक्षणमा वढेको गुण्डागर्दीले पत्रकारहरुमाथि आक्रमण हुने गरेको आरोप लगाए ।

कांग्रेस मोरङका प्रचार विभाग प्रमुख जनार्दन निरौला, पूर्वाञ्चल मानवअधिकार संजालका संयोजक सोमराज थापा, ट्रेडयुनियन कांग्रेस मोरङका गोपाल शर्मालगायतले राज्यको चौथो अङग असुरक्षित हुँदा सिंगो राज्य नै त्रसित हुनुपरेको बताए ।

प्रतिक्रिया