‘बालोतेलीलाई मुक्का हान्ने थिएँ’

लन्डन,२४ चैत । म्यानचेस्टर सिटीका प्रशिक्षक रोबर्टो म्यानसिनीले आफू अझै खेलाडी भइदिएको भए विवादास्पद स्ट्राइकर मारिओ वालोतेलीलाई मुक्का हान्ने बताएका छन् ।
इन्टर मिलानबाट म्यान सिटीमा बालोतेलीलाई भित्र्याइएदेखि नै म्यानसिनी यी इटालियन खेलाडीको व्यवहारका कारण दुःखी छन् । मैदानभित्र र बाहिर बालोतेलीले गरेको व्यवहारले म्यानसिनी आजित भएका हुन् । सिटीकै केही खेलाडी पनि बालोतेलीविरुद्ध म्यानसिनी जसरी  आक्रोशित रहेको जनाइएको छ ।
बालोतेलीको त्यस्तो व्यवहार पछिल्लो पटक सन्डरल्यान्डविरुद्धको इपिएल खेलमा भएको थियो । उनले ड्रेसिङ रुममा याया टौरेसँग झगडा गरेका थिए भने खेलका क्रममा एक पिक प्रहार गर्ने विषयमा अलेक्जान्दर कोलारोभसँग विवाद गरेका थिए । टौरे भने वालोतेलीको सो व्यवहारलाई लिएर निकै रिसाएको बताइएको छ ।
म्यानसिनीले आफू खेलाडी रहँदा टौरेजसरी रिसाउने गरेको स्मरण गरे । ‘म यसलाई बुझ्छु । उस-वालोतेली)लाई ‘यदि १० वर्षअघि तिमी मसँगै खेलेका थियौ भने म पिट्ने थिएँ’ पनि भनेँ ।’ म्यानसिनीले आक्रोशपूर्ण संवाद सुनाए । उनले वालोतेलीको प्रदर्शनको भने प्रशंसा गर्न छुटाएनन् ।’उसले हरेक ठूला खेलमा निकै राम्रो प्रदर्शन गर्ने गरेको छ ।’ उनको बुझाइ छ ,’खेलका विषयमा उसको समस्या ध्यानकेन्दि्रतमा हो तर त्यसका लागि मैले ऊसँग हरेक दिन काम गर्ने गरेको छु ।’ बालोतेली म्यानचेस्टर सहरमा यो साता पुनः एक पटक समाचारमा छाए । अर्को गाडीसँग आफ्नो गाडी ठोकिएपछि इटालीका यी फर्वार्ड समाचारमा आएका हुन् ।  बेन्टली कार कुदाउने गरेका २१ वषर्य बालोतेली उक्त  घटनामा घाइते नभए पनि ठोक्किएको गाडीका एक यात्रुलाई भने अस्पताल लगिएको जनाइएको थियो ।

प्रतिक्रिया