‘हरियो पर्दा’ जिन्दावाद !

कुमारी हलछेवैको ‘ताप्लेजुङ इन्जी रेस्टुरेन्ट’ अगाडि दुवै हात खोकिलामा च्यापेर उभिएको छ एक युवक । खासमा ‘इन्जी रेस्टुरेन्ट’ लेखिए पनि यस गल्लीको नामुद भट्टी हो यो । ढोकैमा तलदेखि माथिसम्म ‘हरियो’ मैलो पर्दा झुन्ड्याइएको छ । आधा पिडुला देखाएका एक हुल युवती उसैका अगाडिबाट गए । डुङ्डुङ्ती दारु गन्हाइरहेको मुखबाट युवकले आवाज निकाल्यो– सेक्सीहरू †
अ † बिहानैदेखि धुम्मिरहेको आकाशबाट अघिदेखि नै सिमसिम पानी बर्सिरहेको छ । कालो र खाल्डा–खुल्डी भएको पिचलाई एक्कासि बढेको मुसलधारे पानीको ठूलो थोप्लाले पखालिसकेको छ । अचानक पानी बढेपछि म पनि ताप्लेजुङ इन्जीको ढोकामै ओत लाग्न बाध्य भएको छु । बाहिर धमिलिदै गइरहेको दृश्य हेरिरहेछु । वर्षामा कि त बाहिर पानीमा भिज्नुमै आनन्द छ कि बलेसीमा उभिएर ओत खोज्दै दौडिरहेका वा भिज्दै हिडेका मान्छेलाई हेर्नुमा । मसग मोटर छैन, नत्र त्यस्तो मुसलधारे पानी परिरहेको बेला मोटरमा बस्ने थिए र भिज्दै हि“डेका तरुनीका मादक छाती सिसाबाट हेर्दै दङ्ग पर्ने थिए ।

हामीलाई दारु पिउन बहाना चाहिन्छ । पानी परेपछि त मौसमले चुनौती दिइहाल्छ । अघि खोकिलामा हात घुसारेर ‘इन्जी’को ढोकैमा उभिएकी युवतीलाई ‘सेक्सी’ भन्ने युवक भट्टीभित्र पसिसकेको छ । ‘साहुजी, अलिकति लोकल † जिउ तताउनै पर्‍यो †’ चुरोटको लामो सर्को तान्दै युवक बोल्छ ।
मेरो मनभित्र एउटा गीत गुन्जिन्छ –
माछा पानीमा पौडिएसरी, नशा त जीवनमा कति खाइयो ?
पिउनु त छदै छ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो ।
चर्को घाम लाग्यो– बियर पिएर पसिना झार्नै पर्‍यो । पीडा थपियो– मात्तिएर भुलायो, खुसी थपियो– साथीलाई दारु–पार्टी दिएर बाड्यो । लाग्छ– मदिरा नै हरपलको साथी हो ।
मन टेबलछेउको परिकार छाडेर अन्तै उड्छ । हरियो पर्दाभित्रको सानो दारु अखडामा भेला भएका हरेक ग्राहकले फुकेका सिग्रेटको धुवाले यो लाम्चो र साघुरो कोठा भरिएको छ ।
कहिलेकाही मौसमको मुडअनुसार चल्नुपर्छ । यस्तो बेला याद आउछ विचित्रको कथा लेख्ने कुमार नगरकोटीको ।
फोन गर्छुः कुन लोकमा हुनुहुन्छ मिस्टर नगरकोटी अहिले ?
‘यमलोकको दारु महलमा छु । मुड भए तपाईं पनि आउनुस् ।’
कुमार नगरकोटीको अफर नै ठीक लाग्यो । म चिसोचिसो मौसमको लाभ लिन लगनखेलतिर हान्निए ।
लोकेसनका रूपमा लगनखेल पनि विचित्रको मान्छु म । गल्लीहरूमा छिर्छु– हरिया पर्दाहरू क्रमशः देखापर्दै जान्छन् । पर्दाभित्रबाट कसैले सुगन्धित धुप सल्काएझै गल्लीसम्म हाकु, छोयला, चटामरीको गन्ध पुगिरहेको छ ।
लगनखेलबाट हरिया पर्दा हेर्दै पाटनको एउटा दारु महलमा छिर्छु म । बतासको झो“क्काले हरियो पर्दा फरफराउदो छ ।
‘हरियो पर्दा’ स्वीकृतिको सिग्नल हो,’ नगरकोटी भन्छन्– ‘त्यसो त हरियो रङ ईष्र्याको रङ पनि हो, पाटन लोकमा मैले गन्न भ्याएसम्म ५५ वटा हरियो पर्दा दारुमहलको ढोकामा झुन्डिएका छन् ।’

यहा हिप्पोत्र्mयाट्स भेटिदैनन् तर दारुले मातेर हिप्पोपोटामसजस्ता मानिस टेबलमा झुम्मिइरहेका भेटिन्छन् । पेज–थ्री टाइपका सोफेस्टिकेटेड मनुष्य यहा देखिदैनन् । तर, पिडुला तन्काएर हिडिरहेका गन्तव्यहीन युवतीको दर्शन भने पाइन्छ ।
काठमाडौंका मल्टिनेसनल ब्रान्डेड अड्डाहरूअघि यी ‘हरियो पर्दा’वाला दारुमहल क्युरियोको एन्टिक वस्तुझै आकर्षक लाग्छन् ।

नगरकोटी भन्छन्, ‘पछिल्लो केही समय कफी पिउने आयातित आदतमाझ यस्तो दारुमहल किन–किन आङ्खनै लाग्छ, यतै कतै आङ्खनो आत्मा भड्किन्छ ।’

काठमान्डूका ढल्ला–ढल्लाझै गरी उभिएका पुरातात्विकक घरहरू जहा वर्षाको पानीले भिजेर मक्किसकेको पुरानो ढोका हुन्छन्, ती भट्टीअघि मैलो ‘हरियो पर्दा’ झुन्डिएको हुन्छ । ‘हरियो पर्दा’ भित्रको संसार भिन्न छ, यहा छन् विभिन्न कथा जिन्दगीको, आसुको, हा“सोको, दुःखको, मिलनको, कम्युनिस्टको, कांग्रेसको, मजदुरको, हाकिमको, कविको, पत्रकारको, प्रेमिको । यहीं भेटिन्छन् टन्न मात चढेपछि श्लोक पाठ गरेझै छन्दबद्ध कविता सुनाउने ‘लेखनाथ’ वा आखा चिम्लेर मस्त आङ्खनै पारामा धाराप्रवाह कविता सुनाउने ‘देवकोटा’ । बेलाबेला केही कविहरूसग मिलेर भट्टी पस्ने गरेको म निरर्थक भौतारिदै भट्टीअगाडि पुग्दा हल्का मात चढेको अनुभूतिले रोमाञ्चित बन्छु ।
बिहान काठमान्डू पस्ने र साझ गाढा भएपछि इन्जिन गन्हाउने ‘बनेपा–धुलिखेल– पनौती’ बसमा यात्रा गरेर बनेपा फर्कने म काठमान्डूको ‘भित्री मान्छे’ बन्न सकिन“ । तर, भट्टी पस्ने साथीहरू धेरैजसो यतैका छन् । म त काठमाडौंको शरणमा आएको मात्रै । हरियो पर्दा लगाइएका अध्यारा गल्लीभित्र अवस्थित पुराना भट्टीहरू उदास–उदास लाग्छन् । तर, मान्छे भने रंगीन ‘मुड’ क्रियट गरेर फर्किन्छन् । कुनै मल र मल्टिप्लेक्स नहुदै खुलेका यी भट्टीहरू जहिले पनि एक खास वर्गका प्रिय लोकेसन हुन् । मेनु–लिस्टमा ‘रोयल स्टाग’, ‘पिज्जा’ नभई थुप्रैलाई मात चढाइदिएको ‘हरियो पर्दा’ले आङ्खनै दुनियाको कथा भन्छ । लाग्छ, त्यस कथाको रिल वर्षौंसम्म बाहिर नल्याई दराजमा थन्क्याइएको कुनै पुरानो चलचित्रझै धमिलो भएको छ ।
काठमाडौंका अनगिन्ती गल्लीमा चलिरहेका असंख्य ‘हरियो पर्दा’ रक्सी पसलले दिनभर हात बजारेर मजदुरी गर्ने गरिबलाई पत्याउछ र मन खोलेर हार्दिक स्वागत गर्छ । यसले हाम्रो सहरिया समाजको वर्ग विभेदलाई प्रस्ट देखाइदिन्छ । काठमान्डूमा पाखुरा बजार्न आइपुगेको परचक्री वा बाहिरबाट आएर नेपाल खाल्डोमा बसेकाहरूको मात चढाउन यी सक्षम छन् । रैथानेहरूको पिज्जाहट ओसामा बिन लादेनको पुरुषार्थको गाथा र बाराक ओबामासगको लुकामारी अनि ब्रिट्नी स्पेयर्सको सौन्दर्य चर्चामा केन्द्रित हुन्छ तर यी दारुमहलमा जमेका छन् चपली हाइटकी हट हिरोइन विनीता बराल र मुख्य काम बाकी छाडेर सडक बढार्ने बाबुराम भट्टराईको प्रचारमोह । भट्टराईले प्रधानमन्त्री भएयताका प्रचारमा ल्याएका ‘कल्याणकारी’ काम दिनदिनै बढिरहेका छन् र त्यही गतिमा नागरिकजीवन पनि दुरूह बन्दै गइरहेको छ । मुलुकको दुर्दशाका चित्रण यिनै ‘हरिया पर्दा’ भित्र एक पेग लगाएपछि मानिसले मनैदेखि गर्छ र बिनाढो“ग देशको दूरावस्था छोपिएको च्यादर च्यातिदै जान्छ ।

सन् १९९० को वसन्तमा नेपालमा भएको विशाल प्रजातान्त्रिक आन्दोलनका सडक सेनानीहरू र त्यसपछिका सडक आन्दोलनमा चर्को नारा उराल्ने योद्धाहरू ‘हरियो पर्दा’ भित्र पीडाको पसल थापेर वासः सग आसु साटिरहेको काठमान्डूले थुप्रैपटक भोगेको छ । त्यस भव्य प्रजातान्त्रिक आन्दोलनले मुलुकका विगत र भविष्यका घटनाक्रमलाई छुट्याउने ऐतिहासिक रेखांकन गर्‍यो । तर, यी ‘वासा’ प्रेमीहरूको जीवन किनारा लगाइदियो । घटना र राजनीतिज्ञहरूको मूल्यांकन गर्‍यो, चप्पले नेताहरूलाई नायक बनायो । र, यी अधबैसे
(उसबेलाका युवा) हरूलाई खलनायक बनाएर एउटै डालोमा हाल्यो र हरियो पर्दाभित्र हुलिदियो । आज हरियो पर्दाभित्र जीवनको पीडा ओकल्ने जमात भोलि पिज्जाहट छिरेर आनन्दको सपना देख्छ तर राजनीति त यस्तो ठेक्का बनिसकेको छ ऊ भोलि कुन ठेकेदारको शरणमा पुग्ने हो सपनाको आयु त्यसैमा निर्भर छ । आजका गृहमन्त्री विजयकुमार गच्छदार र ‘डनसंसार’का नायक गणेश लामा परोपकारको भान्सा चलाइरहेका छन् । दुनिया“लाई न्यायको भिक्षा दिने धनसार श्री गच्छदार र लामाहरूकै नियन्त्रणमा छ । परोपकारको उपदेश सिक्दासिक्दै यिनै हरियो पर्दाभित्र डनहरू उत्पादन हुन्छन् र समाजलाई नियन्त्रण गर्ने दर्शन आविष्कार गर्छन् ।
‘हरियो पर्दा’ भित्र तिनीहरूलाई स्वागत गरिन्छ, जो साह्रै निम्नवर्गीय जीवन बाच्छ र जो कहिल्यै पनि कुनै खाले ‘अरू’ आम्दानी भिœयाउन सक्दैन । निम्नवर्गीय जीवनबाट छुट्कारा दिने सपना बुन्दाबुन्दै कोही डन बन्छन् र कोही सपनाको सेवाका खातिर जेलको छि“डी कुर्न पुग्छन् ।
विश्वका गरिब तथा अभागी व्यक्तिहरूको सेवाका नाममा बसेका गरिबीका ‘लाठसाहेब’हरूलाई काठमान्डूमा पनि वातानुकूलित जापानी कार कुदाउदै वा भव्य महलमा समकक्षी नेपाली कर्मचारीको हात पर्ने तलबभन्दा पाचगुणा बढी भाडा तिरेर चैन गर्नेहरूलाई यस्ता भट्टी पसलले सम्बोधन गर्दैनन् ।
‘हरियो पर्दा’ धारी यी वासा पसल जातीय र वर्गीय घृणाबाट अछूत छैनन् । यहा त दुनियाभरिको तनाब दिमागमा बोकेर आएका गरिब र अर्धगरिबले आङ्खनो घाटीदेखि कलेजोसम्म डढाउछन् र सारा संसार बिर्सन्छन् एक निमेष । तर, यी भट्टी पसलले ‘लाठसाहेब’ र ‘बाबुसाहेब’ को चाहि भेद छुट्याउछन् । तिनीहरूको पजेरो न कहिल्यै ‘हरियो पर्दा’ अगाडि रोकिन्छ न तिनीहरूको खुट्टा यो जस्केलोभित्र पस्छ । ती त पिज्जाहट र महगा मेनुमा पल्किन्छन् । लाठसाहेबजस्ता प्वाख भएका आइएनजिओ नामधारी चरा (जो मौकाअनुसार आउ“छन् र जान्छन्) अनि बाबुसाहेब (रैथाने धनाढ्यहरू) यस्ता भट्टीलाई चर्को घृणा गर्छन् । हुन त हरियो पर्दावाल यस्ता भट्टीले तिनलाई घृणा नै गर्छ । भव्य दरबारमा बस्नेहरू, परम्परागत व्यापारीहरू र भूमिपतिहरू सामन्ती युग र संस्कृतिका अवशेषहरू हुन् जसको शयनकक्षमा मिनी बार छ र मध्यरातसम्म दारुको नसामा झुम्म हुन्छन्, डङ्रङ्ग भुइमा पल्टिन्छन् (चनाखा सन्ततिबाट ती बार संरक्षण नभएको खण्डमा तिनीहरूको रवाफ छिट्टै बिलाउनेछ) र भट्टीमा मात्तिनेहरू हल्लिदै, गीत गाउदै मध्यरातमा घर पस्छन्, जस्तै सा“झ पर्नेबेला अघिको यही ‘इन्जी रेस्टुरेन्ट’ अघि दुवै हात खोकिलामा राखेर गमक्क पर्ने केटो मात्ति“दै छ । नवधनाढ्यहरू त आफूलाई पश्चिमा संस्कृतिमा ढालिएको देखाउन हङकङको फेसनमा सिगारिन्छन्, महगो सिलप्याक्ड ह्विस्की र वाइन पिउछन्, आयातित समुद्री परिकारहरू खान्छन् र मित्सुबिसी वा निस्सान कार चढ्छन् । मेरो लोकेसनका युवती हेरेर मुख मिठ्याउने, माथिका नायकहरू वासा खाएर गल्लीको कुनै अध्यारो कोठामा गएर सुत्छन्, जहा“ दुई चार थान मुसाले पनि बास पाउछन् ।
रोयल स्ट्याग, एन्टिक्विटी, म्याकड्वेल, ब्यागपाइपर,
स्पे–लिबेट, ज्याक डेनिपल्ट, रोयल स्यालुट, शिवास रिगल, फेमस ग्राउच, हन्डे«ड पाइपर, भ्याट–६९ जस्ता पेयको नामै नसुनी ‘हरियो पर्दा’ भित्रका दुःखीहरूको कलेजो दुई पाने, तीन पाने स्प्रिटजस्तो घाटी चिरेर तल छिर्ने वासःले डढिसकेको हुन्छ । बरु कहिलेकाही“ रुस्लान बोद्का, ह्वाइट मिस्चिफ र खुकुरी रमसम्म चाख्न पाउलान् त्यो पनि खल्ती टाइट भएको दिन ।
रक्सीले विभेद पनि गराउछ, मिलन पनि गराउदो
रहेछ । हरिवंश राय वच्चन भन्छन्–
मन्दिर, मस्जिद बैर बढाती
मेल कराती मधुशाला ।
हरियो पर्दाको रहस्य के छ भने यसमा छोटै भए पनि जीवन सल्बलाएको हुन्छ, त्यहा“ या त न्यून वैतनिक अवकाशप्राप्त कर्मचारी, साहुजीका हातमा दस रुपिया थमाएर एक गिलास स्वाट्टै ठाडो घाटी लगाएर टेबुलमा गिलास घोप्ट्याएर भुइ“तिर हेर्दै बाहिरिने न्यून आयका पीडित र परिवार वा समाजस“ग वाक्क भएका मानिसहरू हुन्छन् । ती प्रधानमन्त्रीदेखि प्रशासकसम्मलाई गाली गर्छन् । बर्बराउ“छन्, पररस्पर अंकमाल गर्छन् र स्वास्नीस“ग झगडा गर्न घरतिर लाग्छन् । हरियो पर्दा जिन्दावाद †

प्रतिक्रिया