अल्लाहको घरमा

मेरो नाम करिम हो, एकदम गरिब छु म । एक धुर जमिनको लालपुर्जा पनि नभएको र एउटा थोत्रो साइकल पनि नभएको गरिब । अलिकति ऐलानी जग्गामा एकजोर खुट्टा पनि ढुक्कले पसार्न नसकिने एककोठे छाप्रोबाहेक मसित कुनै सम्पत्ति छैन । छाप्रो पनि के भन्नु † अरहरको टाटीमा माटो दलेर बनाएको कच्ची मढई हो यो । आधीबेहरी आउदा जहिले पनि डराउछु म । किनभने, त्यति बेला मेरो यो मढई उड्ला जस्तो गरी जोडजोडले हल्लिन थाल्छ । बर्सात भयो भने जताततैबाट छानो चुहिन्छ । रातभरि एउटा कुनामा उभिएर बिताउनुपर्छ मैले । सम्पत्तिको नाममा दुईतीनवटा गिल्टीका भाडाहरू छन् । ठाउठाउमा प्वाल परेको एउटा थोत्रो दरी र कपास डल्ला परेर कामै नलाग्ने भैसकेको पातलो न पातलो दरिद्र सिरक । सनपाटको डोरीले बुनेको, बाजेको पालाको खटिया, बस यत्ति । तर, खटिया भने अहिले छाप्रोमा छैन । उडुस धपाउन हिजो मात्रै मैले खटियालाई महेशर काकाको घरपछाडिको पोखरीमा डुबाइदिएको छु ।
०००
पोहोर टुटे पण्डितको घरमा लौका लटरम्मै फलेका थिए । छतमा चढेर लौका टिप्ने सामथ्र्य थिएन ऊसित । त्यसैले मसित सहयोग माग्यो । मैले कसलाई पो नाइ“नास्ति गरेको छु र † म टुटे पण्डितको छतमा लौका टिप्न चढे । तर, छतका काठहरू मक्किएका रहेछन् । म छतबाट एकैचोटि उसको कोठामा खसे र खटियामा बजारिए । मेरो दाहिने खुट्टो ठनक्कै भाच्चियो । कन्जुस पण्डितले के वास्ता गथ्र्यो र † खुट्टामा काम्रो बा“धिदियो । र, मलाई सल्लाह दियो, ‘आपको रूखको एक फिटमुनिको माटो झिक् । त्यसमा सजिउनका पातको रस र देशी गाईको गोबर पनि मिसा । अनि, सबैलाई गोमूत्रमा मुछेर गिलोगिलो बना । एक हप्तासम्म त्यसको आधा इन्च बाक्लो लेप खुट्टामा लगा । तेरो खुट्टा हन्डे«ड पर्सेन्ट ठीक भै’हाल्छ ।’
यति सल्लाह दिएर टुटे पण्डितले मलाई घर पठाइदियो । तर, उसले भनेको उपचार काम लागेन । मैले खुट्टामा प्लास्टर गर्नै पर्ने भयो । हातखुट्टा जोडेर मैले अनवर चाचासित दुई हजार सापटी मागे । भिन्गा गएर खुट्टामा प्लास्टर लगाउन । अनवर चाचाले पनि केही नभनी खुरुक्क दुई हजार दिएको थियो ।
यसपालि आफूले पालेका दुईवटा बाख्रा बेचेर अनवर चाचाको रिन तिर्ने विचार गरेको थिए मैले ।
‘अब पन्ध्र दिनमा त म यी अन्डु (बोका) हरूलाई बधिया (खसी) पारिहाल्छु । अनि त बकर–इदसम्म खसीहरूको राम्रै मोल आउ“छ ।’ यस्तो योजना थियो मेरो । तर, पूरा भएन । केही दिनअघि मेरा बोकाहरू हराए । कति खोजे, फेला परेनन् । म निराश भए“ । एकदुई घन्टा रोए“ । तर, अल्लाहसित गुनासो गरिन“ । बरु आङ्खनै कर्मलाई दोष दिएर चित्त बुझाए मैले ।
मेरा बुबाआमा हुनुहुन्न । मरिसक्नुभएको छ । हैन, कालगतिले हैन, आत्महत्या गरेर । त्यति बेला म सानै थिए । भर्खर मात्र मुस्लिम परम्पराअनुसार मेरो खतना गरिएको थियो । त्यति बेला मेरो खतनाको त्यो घाउ पनि राम्ररी निको भै’सकेको थिएन ।
मेरा बुबाआमा असाध्यै गरिब हुनुहुन्थ्यो । तर, पातलो खोले–फाडो र गोलाथीको साग खाएरै भए पनि जसोतसो जीवन धानिरहनुभएको थियो । गाउको पूर्व–दक्खिन सिमानामा दसगजासगै जोडिएको पाच करु खेत थियो हाम्रो । त्यो पनि बलौटे खेत । मुम्फली र तरबुजाबाहेक केही नहुने । त्यस्तो जग्गाको आयस्ताले पाचजनाको परिवार कसरी पालिन्थ्यो † त्यसैले हाम्रो पूरा परिवार जमुनहाको बिडी कम्पनीमा काम गथ्र्यो । बिडी बनाएरै दिनको सय–पचास रुपिया जोरजाम हुन्थ्यो ।
तर, एक दिन हामी अचानक कंगाल भयौ । रातारात कसैले भारत–नेपाल सीमास्तम्भ सारिदिएछ । त्यसपछि हामीहरूको जग्गा रातारात भारततिर गाभियो । हामीहरूको स्वामित्वमा रहेको खेतमा दशगजापारिका मानिसहरू आएर हलो जोत्न थाले । मेरा बुबाआमा, दाजुभाउजू कति रुनुभयो कति † अर्को कुनै उपाय थिएन । सबैले आ–आङ्खना टाउकामा हात राख्नुभयो । र, नियतिलाई चुपचाप सहनुभयो ।
मेरा बुबाआमा र दाजुभाउजूहरू आङ्खनो जीवनसित निराश हुनुभयो । अब उहाहरूसित एक धुर जमिन पनि थिएन । उहाहरूले आङ्खनो भविष्य पूरै अन्धकार देख्नुभयो ।
त्यो रात ईशाको नमाज सकेर तरावीरको विशेष नमाजपछि रमजान सुरु भएको थियो । चन्द्रमाको दर्शन हुनासाथ वरिपरिका मुसलमानहरूका घरमा चहलपहल सुरु भै’सकेको थियो । सबै रोजाको तयारीमा लागिसकेका थिए । रिनै लिएर भए पनि सबैले घरघरमा सेबई र खजुरको बन्दोबस्त गरिसकेका थिए । सक्नेले रुहआङ्खजा सर्बतको बोतल पनि किनिसकेका थिए ।
सबैको मनमा हर्ष र उल्लास थियो । नहुने कुरा पनि भएन । रमजान त पवित्र महिना हो । यही महिनामा त आकाशबाट धरतीमा पवित्र कुरआनको अवतरण भएको थियो । यो महिनामा त अल्लाहको इच्छाले नर्कका ढोकाहरू पनि बन्द हुन्छन् र स्वर्गका सबै ढोकाहरू खुल्छन् । यो महिना जसले राम्रो काम गर्छ, त्यसले सत्तर गुना बढी फल प्राप्त गर्छ, भनाइ नै छ नि । यो महिना त रोजा बसेका रोजादारहरूका लागि नदीका माछाहरूले समेत कुशलताको कामना गर्छन् ।
यस्तो पवित्र महिना सुरु हुने त्यो रात त सुन्दर हुनुपर्ने हो नि हामीहरूका लागि । तर, त्यो रात हामीहरूका लागि भने रमजानको रात हैन, कुनै अपसगुनी रात थियो ।
खै कताबाट हो कुन्नि, बुबाले त्यस रात अलिकति चिनी र सेबई किनेर ल्याउनुभएको थियो । खजुर पनि थियो । रोजा सिद्धिएपछि सबैले यस्तै मीठोमीठो कुरा त खान्छन् नि । आमा त खुसी हुनुपर्ने हो तर उहाले भारी मनले सेबई पकाउनुभयो । म भने खुसी थिए । मीठो सेबईको कल्पनाले मेरो मुखै रसाएको थियो । यता सेबई पाक्दै थियो, उता बरगदको रूखबाट उल्लु कराएको आवाज आइरहेको थियो । कति डराएको थिए“ म त्यो आवाज सुनेर † आङ्खनी आमालाई रुदैरुदै ‘अम्मी छिटो सेबई पकाऊ म सेवई खाएर घुप्लुक्क सुत्छु’ भनिरहेको थिए । आमाको अनुहार भने औ“सीको रातभन्दा पनि अध्यारो थियो । खै, केही बोल्नुभएन आमाले । मैले बुझेकै थिइन, मेरी आमाले आज किन मेरो कुरा सुनिरहनुभएको छैन ।
त्यसपछि त्यही कोठामै भुइमा दरी ओछ्याएर बुबाआमा र दाजुभाउजूले दुई हातको अजुली बनाएर आकाशतिर हेर्नुभयो र एकसाथ प्रार्थना गर्न थाल्नुभयो ।
मैले त यतिन्जेल कुरै बुझेको थिइन । बुबाआमाले जसो–जसो भन्नुभयो मैले पनि त्यसै–त्यसै गरे“ । मैले पनि तोते स्वरमा पवित्र कुरआनको पहिलो वाक्य भने, ‘बिस्मिल्लाहिर्रहमानिर्रहीम †’
र, फेरि सिकाएकै अर्को वाक्य दोहोर्‍याए, उस्तै किसिमले, तोते बोलीमा – ‘ला इला ह इल्लल्लाह मुहम्मदुर्रुसुल्लाह †’
त्यसपछि आमाले सेबईको डेक्ची चुलोबाट निकाल्नुभयो । दाजुले खल्तीबाट कागजको पुरिया झिक्नुभयो । त्यो पुरियामा ठस्स गन्हाउने औषधिको टिकिया रहेछ । दाजुले औषधिको धूलो बनाउनुभयो र तात्तातो सेबईमा मिसाउनुभयो । त्यति मीठो सेबईमा त्यस्तो गन्हाउने कुरा किन मिसाएको होला, मैले त कुरै बुझिन । तर, कसोकसो मेरो मनमा डर पस्यो । केही अप्रिय हुन लागेजस्तो आभास भयो मलाई । आमाले मेरो मनको कुरा बुभ्mनुभयो । उहाले मेरो गालामा म्वाइ खादै सम्झाउनुभयो, ‘नडरा बबुवा, हामी त अल्लाहको घरमा जान लागेको । त्यहा सुख पाइन्छ, पेटभरि खान पाइन्छ ।’
मैले सोधे, ‘सेबई पनि पाइन्छ ? अनि खजुर पनि पाइन्छ ?’
आमाले आखाबाट आसु झार्दै भन्नुभयो, ‘पाइन्छ ।’
त्यसपछि आमाले सबैको अगाडि पातपातमा सेबई पस्कनुभयो । खै किन हो, मलाई चाहि सुटुक्क अरूले थाहा नपाउने गरी अघि लुकाएर राखेको सेबई दिनुभयो । म खुसी भए किनभने त्यसमा गन्हाउने औषधि हालिएको थिएन ।
हामी सबैले सेबई खायौ । कति दिनपछि मैले यति मीठो सेबई खान पाएको थिए । तर, सेबई खाएको एकै छिनपछि त सबैजना छट्पटाउन पो थाल्नुभयो । सबैको जिउ मडारिन थाल्यो । सबैको मुखबाट गजगज फिज आउन थाल्यो । आखा त पिर्लिक्क माथिमाथितिर पल्टिन थाले । मैले केही बुझिन । मलाई असाध्यै डर लाग्यो । कहालिएर रुन थाले । चिच्याएर आमालाई बोलाए । आमा त बोल्नै छोड्नुभयो । अहँ, बुबा पनि बोल्नुभएन । मलाई माया गर्ने दाजुभाउजू पनि बोल्नुभएन । सबैजना एक छिन छट्पटिएर निदाइसक्नुभएको थियो । सबैको जिउ शिथिल भै’सकेको थियो ।
पछि थाहा पाए, त्यसैलाई ‘मर्नु’ भन्दा रहेछन् । त्यसरी त कोही पनि नमरोस् † म त्यो दिन सम्झेर आज पनि कति रुन्छु कति † तर, मेरो त आसु पुछिदिने पनि कोही छैन ।
(चर्चित उपन्यास ‘उलार’का लेखक नयनराज पाण्डेको शनिबार सार्वजनिक हुने पाँचौँ उपन्यास ‘लू’ को एक अंश । उपन्यास सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।)

प्रतिक्रिया