सयको नोटमा लुम्बिनी र अशोकस्तम्भ

काठमाडौं, २३ चैत । नेपाली एक सय रुपियाको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोकस्तम्भ राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सय रुपियँको नोटमा बुद्धको जन्मस्थल लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको हो ।
सय रुपियाको नया“ नोटमा ‘लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध’ समेत लेखिने छ । बुद्धलाई भारतमा जन्मेको भनेर व्यापक प्रचार गरिएपछि नेपालले बुद्ध नेपालको लुम्बिनीमा नै जन्मेको हो भन्ने प्रचार गर्न सयको नोटमा बुद्धको जन्मस्थल लुम्बिनी र अशोकस्तम्भ राख्न लागिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।
अर्थ मन्त्रालयको पारित प्रस्तावमा ‘रुपिया एक सय तुरुन्त पाइने छ’ भन्ने वाक्यको तल र गभर्नरको हस्ताक्षरको ठीक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा ‘लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिने छ । हाल तारादेवीको मूर्ति रहेको स्थानमा मायादेवीको मूर्ति र मन्दिर रहेको ठाउ“मा अशोकस्तम्भ राखिने भएको छ । लुम्बिनी हाल नेपालको रुपन्देहीमा पर्छ । सिद्धार्थ जन्मेको ठाउ“को प्रमाणस्वरुप मगध सम्राट् अशोकले लुम्बिनी भ्रमणमा आउदा अशोकस्तम्भ गाडेका थिए ।
लुम्बिनीका तस्बिरअंकित नोट आउन करिब ६ महिना लाग्ने बताइएको छ । यसैगरी अबदेखि कागजी नोटमा विक्रम संवत् र इस्वी संवत्मा निष्कासन मिति समेत राखिने एक मन्त्रीले जानकारी दिए । नेपालमा कुन नोट कति पुरानो भन्ने प्रस्ट चिनारी नभएका बेला नेपाल राष्ट्र बैंकले प्रकाशन मितिसहित नोट निष्कासन गर्नेछ ।
रँष्ट्र बैंक नेपालमा नोट छाप्ने आधिकारिक निकाय हो । आधिकारिक रुपमा मन्त्रिपरिषद्बाट अनुमोदित भइसकेको हु“दा आगामी ६ महिनाभित्र नेपालीले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशसहित विक्रम संवत् र इस्वी संवत्मा समेत प्रकाशन मिति भएको नया“ सयको नोट चलाउन पाउनेछन् । एक सय रुपिया“को पछाडिको भागको गैंडा कायम राखी अगाडिको भागमा मात्र परिवर्तन गर्न लागिएको हो । धेरै परिवर्तन गर्दा सर्वसाधारणमा पुरानो नोट नचल्ने हो कि भन्ने भ्रम पर्ने भएकाले अगाडिको भागमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने तरिकाले मात्र परिवर्तन गर्न लागिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

प्रतिक्रिया