पतिलाई मार्न बोलाएकाबाटै बलात्कृत

पोल्बा, २३ चैत । अर्कै केटोसग लहसिन पतिको हत्या गराउने एक महिला हत्याराबाटै बलात्कृत भएकी छन् । भारतीय सहर कोलकाताबाट ६० किलोमिटर परको पोल्बा गाउकी त्यस्ती महिलामाथि गुन्डाहरूले सामूहिक बलात्कार गरेका हुन् ।
आफूभन्दा १४ वर्ष कान्छो पोट्ला नाम गरेको व्यक्तिसग ती महिला लहसिएकी थिइन् । प्रेमिकासग सल्लाह गरी पोट्लाले प्रेमिकाका पति कृष्ण चन्द्रमालको हत्या गर्न चारजना गुन्डा भाडामा लिएका थिए ।
पतिको हत्या गरेपछि गुन्डाहरू महिलामाथि जाइलागे । पोट्लाले प्रतिरोध गर्न खोजे तर सकेनन् । गुन्डाहरूले उनलाई बाधेर महिलामाथि सामूहिक बलात्काल गरिछाडे । प्रहरीले सोधपुछ गरेपछि पोट्ला र उनकी प्रेमिकाले हत्या गर्न गुन्डालाई पैसा दिएर मार्न लगाएको स्वीकार गरेका छन् । उनीहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।
‘हो, मैले गुन्डाहरूलाई चन्द्रमालको घर देखाएको थिए, हत्या हुदा म पनि त्यही थिए तर गुन्डाहरूसग घरकी महिलासग म प्रेम गर्छु भन्नै बिर्सिएछु । गुन्डाहरूले उनीमाथि सामूहिक बलात्कार गर्ने सोच बनाउदा म भयभीत भए, मैले उनीहरूलाई रोक्न खोजे तर सकिन,’ प्रहरीसमक्ष पोट्लाले भने । (एजेन्सी)

प्रतिक्रिया