‘भारतको मुख्य चुनौती चीन’

नयादिल्ली, २३ चैत । भारतीय सेनाले चीनलाई मुख्य सुरक्षा–चुनौती किटान गरेको छ । संसद्को प्रतिरक्षासम्बन्धी एक समितिसमक्ष भारतीय सेनाले यस्तो किटान गरेको हो ।
सेनाका उपप्रमुख लेङ्खिटनेन्ट जनरल एसके सिंहले सेनाका लागि अनुदान माग गर्ने उद्देश्यले प्रतिरक्षा समितिसमक्ष पेस गरेको प्रतिवेदनमा चीनलाई मुख्य सुरक्षा–चुनौती किटान गरेका हुन् । सिंहले प्रस्तुत गरेको २२ पृष्ठ लामो प्रतिवेदनलाई उद्धृत गर्दै सिएनएन आइबिएमको अनलाइन संस्करणले बिहीबार यससम्बन्धी समाचार प्रकाशित गरेको हो । चीनको सैन्य आधुनिकीकरण, पाकिस्तानलाई उसले गर्दै आएको निरन्तर सहयोग र भारतको उत्तरतर्फको सीमावर्ती क्षेत्रमा चीनले गरेको पूर्वाधार निर्माणलाई सिंहले ‘भारतको मुख्य सुरक्षा–चुनौती’ को संज्ञा दिएका हुन् । पाकिस्तानमा जारी राजनीतिक अस्थिरता र त्यहा रहेका ‘आतंकवादी पूर्वाधार’ पनि भारतको मुख्य सुरक्षा–चुनौती रहेको उनले बताएका छन् । चीनसग नसुल्झिएको भारतको सीमा विवाद, तिब्बतमा भएको पूर्वाधार विकास र भारतका छिमेकी राष्ट्रमा चीनको उपस्थितिलाई समेत गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रतिवेदनमा पाकिस्तानलाई ‘आतंकवादको केन्द्र’ बताइएको छ । पाकिस्तानले भारतविरुद्धको ‘प्रोक्सी वार’ (छद्म युद्ध) लाई सहयोग गरिरहेको र आङ्खनो भूमिमा रहेको आतंकवादी पूर्वाधारलाई समेत सुरक्षित राखेको आरोप प्रतिवेदनमा लगाइएको छ । (एजेन्सी)

प्रतिक्रिया