बधाई छ

झोक पनि तीन प्रकारका हुन्छन्– सात्विक, राजसी र तामसी । यसै झोकलाई तपाईं मुड पनि भन्न सक्नुहुन्छ । यी तीन खाले झोकमध्ये अचेल बुढ्यौली लागेर हो कि
क्या हो, मलाई सात्विक झोक
बेला न कुबेला आइरहन्छ । झोक पनि नराम्रोसग उठ्छ, उठेपछि मरिगए बस्दैन ।
यसै सन्दर्भमा समाजलाई क्यै दिनुपर्छ है भन्ने सात्विक झोकले मलाई झकझकायो । के दिऊ त ? ‘आफै त महादेव उत्तानो…’ भनेजस्तै आफूसग त्यस्तो क्यै छैन, समाजलाई दिने लायक भन्ठानेर निकैबेर दुःखी भएर बसे । मेरो बुद्धिले मेरै गालामा चड्कायो, धत् लाटा † यसमा के चिन्ता लिनु ? समाज त मानसिक रूपमा यति दरिद्र भा’छ, तिमीले जे दिए पनि फ्रीमा पाइयो भन्ठानेर समाजले सहर्ष लिन्छ । तिमी दिएर त हेर । फोकटमा पाए यो समाजले देशविदेश खान्छ, अनि त्यतिले पनि नअघाए आफूले आफैलाई खान्छ । तिमी दिएर त हेर ।
झल्यास्स भए, हो त नि । मलाई कसरी नफुरेको । नाक पनि सफा हुने र सोच्ने काम पनि हुने भन्ठानेर नाक कोट्याउदै गम्भीर भएर सोच्न थाले । नाक पनि सफा भयो, विचार पनि फुर्‍यो– म समाजलाई बधाई दिन्छु । टन्नै दिन्छु । हेरौ त समाजले कसरी लिदैन ।
एकाबिहानै लामो बस यात्रा गरेर पाहुना आए उनलाई बधाई दिए, थोत्रा सडक, थोत्रा गाडी र घुस दिएर चालक प्रमाणपत्र पाएको ड्राइभर । तैपनि तपाईं कुनै दुर्घटनामा नपरी सकुशल, कुनै अंग डेमेज नगराई यहीसम्म आइपुग्नुभयो । यहालाई हार्दिक बधाई छ । भाग्यमानी हुनुहुन्छ । मेरो बधाई पाएर पाहुना ङिच्च हासे, मेरी बुढीले मलाई आ“खा तरिन् । म चुप्प लागे । अलि बढ्तै बोलिएछ कि क्या हो । रत्नपार्कतिर तराईका एक मित्र भेटिए । एउटा निजी अंग्रेजी विद्यालय चलाएर उनले अकुत सम्पत्ति आर्जन गरेका छन् ।
उनलाई पनि बधाई दिदै भने– दुनियाका छोराछोरीलाई अपहरण शैलीमा जहा पायो त्यहाबाट बोकेर दिनभरि स्कुलमा थुनेर राख्छौ । त्यसबापतमा अभिभावकहरूसित मनपरि रकम असुल्छौ । तिमीलाई अपहरणकारीको दण्ड–सजाय दिनाको साटो, उल्टो ज्ञानको ज्योति फिजाउने भन्दै समाजले वरिष्ठको मानसम्मान दिएको छ र तिमी पनि लाजै नमानी त्यो मानसम्मान गरिष्ठ भए पनि खाएर पचाइरहेका छौ । तिमीलाई धेरै–धेरै बधाई । कस्तो बलियो पाचनशक्ति । भर्खरै एसएलसी सकियो । मेरा एक पुराना मित्र सो जाचमा सुपरिवेक्षक थिए । चिट चोर्न दिएन भनेर परीक्षार्थीले भक्कुमार गोदेछन् । अस्पतालमा उनलाई भेट्न गए । सारा शरीरमा प्लास्टर लाएको । मैले उनलाई राम्ररी ठम्याउनै सकिन । कुनै अन्तरिक्षयानबाट ओर्लेका वैज्ञानिक यात्रीजस्ता देखिन्थे । शरीरको कुनै अंग पनि नदेखिने । कस्तरी कुटेछन् देशका चम्किला ताराले ।
म अलि बढी नै भावुक छु । यस्ता कर्तव्यनिष्ठ शिक्षकलाई बधाई मात्र दिएर पुग्दैन भन्ठानेर मैले उनको चरणस्पर्श गरे । उनी चिच्याए ऐया… । मेरो भा“च्चिएको नाक किन चलाएको । गलत अंग समाउन पुगेछु । कस्तो लाजमर्दो भयो ।
बधाई अझै दिनुपर्ने थियो । अकस्मात् भारतीय नेताको भेषमा हाम्रा एक संविधानसभाका सभासद् प्रकट भए । उनी भारतको कुनै कारखानाबाट उत्पादिन नया ताजा मालाजस्तै देखिन्थे । मैले उनलाई हार्दिक बधाई दिदै भने, बधाई छ नेताजी । उनी झस्के, हैन आचार्य सर, केको बधाई दिनुभएको, मैले त कुरै बुझिन भन्दै आङ्खनो सरलताको नाटक गरे । मनमनै गाली पनि ग … स्साला, नौटंकी ।
मैले अथ्र्याए, तपाईंहरू संविधान बनाउनुबाहेक बाकी सबै काम गर्न कुशलतापूर्वक भ्याउनु हुन्छ । संविधान बनाएर आङ्खनो पेटमा लात हान्ने काम कदापि नगर्नुहोला । सुतीसुती महिनाको लाखभन्दा पनि बढी फोकटमा लुड्याउनु हुन्छ ? यहालाई बधाई छ । बारम्बार बधाई छ ।
ती सभासद्ले हतारिएर भने, ‘आचार्यजी, अहिले म ज्यादै हतारमा छु । हाम्रो पार्टीका मन्त्रीज्यूसित पार्टीका सभासद्हरू बार एन्ड डान्स रेस्टुरेन्टमा इन्जोए गर्न जादै छौ । बरु तपाईंलाई पनि फुर्सद छ भने जाऊ । संविधानको बारेमा टेन्सन नलिनुहोस् न । बने बन्छ, नबने बन्दैन । देश जसरी चलिराख्या छ, चल्न दिनुस् ।
त्यसैले त तपाईंलाई धेरै–धेरै बधाई दिएको नि । त्यति भनेर म पनि आङ्खनो बाटो लागे । उनी इन्जोए गर्न ठमेलतिर ठमठम लागे । देशको ढुकुटी भसक्कै सिध्याउने धमिरा टैक्सीमा फुर्र उडे ।
नेताहरूले जतिसुकै बदनामी गरे पनि चुपचाप बस्ने शक्ति उदारतापूर्वक उनीहरूलाई माफ गरिदिने क्षमताशीलताजस्ता उदात्त गुणले विभूषित हामी सबै नेपालीलाई हार्दिक बधाई ।

प्रतिक्रिया