दोषीलाई कारबाहीको माग सहित प्रदर्शन

झापा, २३ चैत । पत्रकार यादव पौडेलको हत्यारालाई कारवाहीको माग गर्दै आज नेपाल पत्रकार महासंघले झापाको विर्तामोडमा प्रदर्शन गरेको छ ।

हत्यारालाई कारवाही, पीडित परिवारलाई क्षतिपूर्ति र छोराछोरीको निःशुल्क शिक्षाको माग गर्दै बिर्तामोडमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन पछि आयोजित कोण सभालाई अध्यक्ष शिव गाउँलेले पौडेलेको हत्याको ३६ घण्टा भइसक्दा पनि दोषी सार्वजनिक नभएकोमा दःख ब्यक्त गरे । उनले दोषीलाई हदै सम्मको कारबाही गर्न माग गरेका छन् ।

उता, महासंघ अध्यक्ष गाउँलेको संयोजकत्वको ७ सदस्ययीय अध्ययन तथा छानविन टोलीले आजबाट काम थालेको छ । टोलीले झापाका सुरक्षा अधिकारी, स्थानीय पत्रकार, पीडित परिवार र घटनाका बिषयमा जानकार पक्षसंग परामर्श गर्ने छ ।

टोलीमा महासंघका सल्लाहकार पोषण केसी, झापका अध्यक्ष गणेश पोखरेल, महासंघका पूर्वाञ्चल संयोजक मोहन काजी, गोबिन्दचन्द्र क्षेत्री र तारामणी सापकोटा सदस्य छन् ।

यता, काठमाडौंमा नेपाल प्रेस युनियनले पत्रकार पौडेलेको शोकमा श्रद्धाञ्जली सभा गरेको छ ।

केन्द्रीय कार्यालय थापागाउँमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार हरिहर विहरी, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गगन विष्ट, पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा लगायतले पौडेलका दोषीलाई कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया