बन्चरो प्रहारबाट पत्नीको हत्या

बीरगन्ज, २२ चैत । बाराको कलैयाम पतीले आफ्नी पत्नीको बन्चरो प्रहार गरेर हत्या गरेका छन् । आज दिउसो कलैया नगरपालिका–१४, बिश्वम्भरपुर निवासी ३५ वर्षीया ललिता कुशवाहालाई पती शंकर कुशवाहाले हत्या गरेका हुन् ।

बन्चरो प्रहारबाट घाईते ललिताको जिल्ला अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पत्नी हत्या गर्ने शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (सौस)

प्रतिक्रिया