‘पौडेल हत्याको छानविन गर्न युनियनको पनि टोली’

काठमाडौं, २२ चैत । नेपाल प्रेस युनियनले झापा जिल्लाका आफ्ना पूर्व सचिव एवं पत्रकार यादव पौडेलको हत्याको शोकमा मुलुकभरिका सबै शाखा बन्द गर्ने निर्णय गरेको छ ।

युनियनको आकस्मीक बैठकले भोली बिहीबार एक दिन सबै शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको महासचिव शिव लम्सालले जानकारी दिए । युनियनले सबै शाखामा तीन दिन सम्म शोक पुस्तिका समेत राख्ने निर्णय गरेको छ ।

घटनाका बारेमा अध्ययन र छानविन गर्न युनियनले आफ्ना पूर्वाञ्चल प्रमुख शेखर रेग्मीको संयोजकत्वमा टोली समेत बनाएको छ । टोलीमा लिलावल्भ घिमिरे, इकवाल अहमद र चेतन धमला सदस्य रहेको महासचिव लम्सालले बताए । टोली झापा पुगीसकेको छ ।

त्यसै गरेर प्रेस युनियनले आफ्ना सहकर्मी पौडेलका हत्याका दोषीलाई हदै सम्मको कानूनी कारबाही र सरकारसँग क्षतिपूर्तिको माग गरेको छ । उसले मुलुक भरीका सबै पत्रकारको ज्यूधनको सुरक्षा समेत माग गरेको छ ।

उता, नेपाल आदिवासी जनजाति पत्रकार संघ, रिपोर्टर्स क्लव नेपाल लगायतका संञ्चारसम्बद्ध संस्थाहरुले घटनाको बिरोध गरेका छन् ।

प्रतिक्रिया