कांग्रेसद्धारा पौडेल हत्याको छानविन माग

जनकपुर, २२ चैत । कांग्रेस सभापति सुशील कोइरालाले झापाका पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

उनले पौडेलका हत्यारालाई कारबाही गर्न सरकारलाई दबाव दिने बताए ।

नेपाल प्रेस युनियन धनुषाले आज विहान जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले पत्रकार पौडेलका हत्यारालाई उन्मुक्ति नदिन माग गरेका छन् ।

पत्रकार पौडेलको गएराति झापामा हत्या भएको थियो । पौडेलको हत्या चौतर्फि बिरोध हुँदै आएको छ । हत्या गरिएका पत्रकार पौडेल नेपाल प्रेस युनियन झापाका पूर्व सचिव समेत हुन् ।

प्रतिक्रिया