ओमानमा नेपाली नयाँ वर्ष

काठमाडौः नेपाली नया वर्ष २०६९ को अवसर पारेर खाडी मुलुक ओमानमा नृत्य प्रतियोगिता हुने भएको छ । १३ अप्रिल शुक्रबार अर्थात् १ वैशाखमा हुने सो कार्यक्रममा शुभकामना आदानप्रदानका साथै मनोरञ्जनात्मक नृत्य हुने आयोजक सगरमाथा समूह ओमानले जानकारी गरायो । राजधानी मस्कटको अल मासा हल, रुबीमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समूहका अध्यक्ष सागर अधिकारीले बताए । कार्यक्रममा नेपालबाट जाने अतिथि कलाकारको विशेष प्रस्तुति रहनेछ भने छमछमी–२ का विजेता साजन तामाङ र उपविजेता रितु गुरुङ पनि सहभागी हुनेछन् । ओमानमा रहेका नेपाली कलाकार प्रतियोगितात्मक नृत्य स्पर्धामा उत्रनेछन् । विजेतालाई ट्रफी, प्रमाणपत्रका साथ विशेष गिङ्खट ह्याम्परको व्यवस्था रहेको आयोजकले बताएको छ । समूहले परदेशमा रहेर नेपाली कला, संस्कृति र रीतिरिवाज जोगाउन विगतदेखि गर्दै आइरहेको यस्तो कार्यक्रमले नेपालीबीच आत्मीयता बढाउन भूमिका खेल्ने आयोजकको दाबी छ । (सौस)

प्रतिक्रिया