नेपालमा राजतन्त्र ब्यूँतिदैनः एसडी मुनी

काठमाडौ, २१ चैत । जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर डा एसडी मुनीले नेपालमा राजतन्त्र अब कहिल्यै नआउने ठोकुवा गरेका छन् ।

राजधानीम आज भएको साक्षात्कारमा प्रोफेसर मुनीले नेपालमा राजतन्त्र ब्यूँताउने कुरामा भारतको सरकार, राजनीतिक दल र जनता कसैको पनि समर्थन नरहेको बताए ।

उनले नेपालमा राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताए । उनले भने, ‘पूर्व राजा ज्ञानेन्द्रलाई भारतीय नेताहरुले समेत कहिल्यै पनि राजतन्त्र ब्यूँताउने कुरा गरेका छैनन ।’

उनले शान्ति र संविधान निर्माणमा देखिएको अन्यौलताको फाईदा उठाउन राज सक्रिय भएको दावी गर्दै दलहरुले शान्ति र संविधान निर्माणमा ध्यान केन्द्रीत गरे अन्यौलताको फाईदा लिन खोज्नेहरु आफै समाप्त हुने विश्वास ब्यक्त गरे ।

भारतीय प्रध्यापक मुनी प्रधानमन्त्री तथा एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईका गुरु समेत हुन् ।

प्रतिक्रिया