सीमित साधनस्रोतमा पनि काम गरेका छौः सेना

काठमाडौं, २१ चैत । प्रधानसेनापति छत्रमानसिंह गुरुङले सीमित साधन र स्रोतका बावजुद नेपाली सेनाले जोखिम न्यूनिकरणका क्षेत्रमा काम गरिरहेको बताएका छन् ।

राजधानीमा आजदेखि सुरु भएको दैविक प्रकोप तथा उद्धार सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीको उद्घाटन कार्यक्रममा उनले नेपाल भुकम्पीय जोखिमका दृष्टिले अन्त्यन्तै खतरामा रहेको बताए ।

नेपाली सेनाले सीमित श्रोत साधनमा जोखिम न्यूनिकरणका लागि सराहनीय काम गरिरहेको प्रधानसेनापति गुरुङको भनाई छ ।

उनले जोखिम न्यूनिकरणका लागि राष्ट्रिय प्रतिबद्धताको खाँचो समेत औल्याएका छन् । प्रधानसेनापति गुरुङले दैविक प्रकोपबाट हुने क्षती न्यूनिकरणमा सबैको सहयोग आबश्यक रहेको उल्लेख गरे ।

उनले दैविक प्रकोपप्रति विश्वको ध्यानजान जरुरी रहेको समेत बताएका छन् । उद्घाटन समारोहमा रक्षासचिव माधवप्रसाद रेग्मी, गृहमन्त्रालयका सचिव सुशीलजंग राणा लगायतका सरकारी अधिकारीको उपस्थिति थियो ।

क्षेत्रीय सम्मेलनमा नेपाल लगायत दक्षिण एसियाली देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । गोष्ठीको उद्घाटन प्रधानसेनापति छत्रमानसिंह गुरुङले गरेका हुन् ।

प्रतिक्रिया