“म दरबारको मान्छे”

 लामो समय प्राध्यापन सेवामा बिताएकी अंगुरबाबा जोशीको परिचयका हाँगाबिँगा थुप्रैतिर फैलिएका छन् । सामाजिक क्षेत्रमा पुर्‍याएका योगदानको कदरस्वरूप प्राप्त प्रशस्तै मानपदवीले उनको व्यक्तित्वलाई थप चम्काएका छन् ।  १९३२ अगस्ट १५ का दिन काठमाडौंमा माता  दीपकुमारी  र पिता  पीताम्बरप्रसाद पन्तको कोखबाट जन्मिएकी उनी नेपालको इतिहासमै एसएलसी परीक्षा पास गर्ने पहिलो ब्याचमा सहभागी चार महिलामध्ये एक हुन् । राजनीतिशास्त्रमा एमए तथा बिएल, बिलिट उत्तीर्ण गरेकी उनले लन्डनको अक्सफोर्ड विश्वविद्यालयबाट बार एट–ल मिडिल टेम्पल हासिल गरेकी छन् । दर्जनौं किताब प्रकाशन गरेकी छन् । तारा गाउँ विकास समितिको अध्यक्षको जिम्मेवारी पूरा गरिन् । उमेरले चार बीस छोइसक्यो । क्यान्सरले निकै सताएको छ उनलाई जीवनमा । यसैले गर्दा बांगिएको मुख अझै पनि उस्तै छ, एउटा स्तन काटिएको छ । अझै पनि सक्रियतासाथ सामाजिक क्रियाकलापमा समर्पित जोशीसँग सौर्यकी चमिना भट्टराईले गरेको कुराकानीः

औपचारिक शिक्षा कहाबाट लिनुभयो ?
घरमा नै लिएकी हु । त्यतिबेला केटीहरूले पढ्ने स्कुल थिएन । भाइहरू स्कुल जान्थे, म घरमै पढ्थे । विषयपिच्छेका गुरु घरमै आउथे । एउटा गुरु गएर अर्का गुरु आउने बेलामा स्कुलमै जस्तो घन्टी बज्थ्यो ।
कस्तो थियो त्यतिबेलाको सामाजिक अवस्था ?
११ वर्षको उमेरमा मेरो विवाह भयो, श्रीमान् १२ वर्षको हुनुहुन्थ्यो । उहा दरबार स्कुलमा पॉच कक्षामा पढ्नुहुन्थ्यो । विवाहपछि पनि मैले माइतै बसेर पढे । सासू पनि मलाई पढाउनुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । मान्छेहरू सासूका कुरा काट्दा रहेछन्– भएकी एउटी बुहारीलाई पनि पढाएकी छे, पछि हेला गर्छे अनि थाहा पाउछे भनेर ।
एसएलसी कति सालमा गर्नुभयो ?
श्रीमान्–श्रीमतीले नै सन् १९४८ मा पास गरेका हौं, एसएलसी दिने नेपालकै पहिलो दम्पतीका रूपमा । म चौध वर्ष, श्रीमान् पन्ध्रका थियौं । त्यतिबेला एसएलसी दिने महिला चार जना थियौं । सहाना प्रधान, साधना अधिकारी र भुवन सिंह र म ।  पास भएपछि यति खुसी भए“ कि त्यतिको खुसी त म बिलिट तथा बार एट ल को डिग्री लिदा पनि भइन होला । मैले म्याट्रिक पास गरेको चर्चा समाजभरि भयो, सबैले सम्मानपूर्वक हेर्न थाले । मैले डाक्टर वा म्याडम क्युरी जस्ता व्यक्तित्व बन्ने सपना देखेकी थिए । त्यसैले साइन्स पढ्न त्रिचन्द्रमा एप्लाई गरे । तर महिला भएकैले साइन्समा मेरो फाराम नै दर्ता  गरिएन । खुब रोए त्यतिबेला । घरमै बसेर आइए सके“ ।
छोरी भएका कारण विभेदको अनुभूति पनि भयो कि कहिलेकाही ?
हाम्रो घरमा त्यति धेरै विभेद त थिएन तर भाइको व्रतबन्ध हुदा मलाई पनि गायत्री मन्त्र सुन्न मन लागेको थियो । भाइलाई ‘मलाई पनि सिकाइदेऊ न’ भने तर मानेन । पछि मैले गायत्री मन्त्र भन्दा आमाले गाली गर्नुभयो । त्यतिबेला विभेदको महसुस गरे ।
उच्चशिक्षाका लागि विदेश जादा रमाइला र अप्ठ्यारा के–के थिए ?
श्रीमान् पढ्न भारत जानुभएको थियो । प्राइभेट रूपमा आइए सकेपछि बुबा र सासूबीच मलाई पनि भारतै पठाउने सल्लाह भएछ । भाइसगै इन्डिया गएर ओमन कलेजमा भर्ना भए । त्यहाबाट बिए गरेपछि सेन्ट्रो इन्टर कलेजबाट राजनीतिशास्त्रमा एमए गरे । तीन वर्षपछि ब्रिटिस कोलम्बो प्लानको स्कलरसिप खुल्यो । श्रीमान्–श्रीमती दुवैले निवेदन गर्‍ तर त्यहा पनि मैले छोरी भएकामा घाटा सहनुपर्‍यो । ‘वा… बूढाबूढी दुवै बेलायत पढ्न जाने ?’ भनेर विरोध भयो । मेरो फाराम रोकिदियो शिक्षा मन्त्रालयले ।
अनि कसरी जानुभयो त पछि ?
त्यतिबेला चीन भ्रमणमा जान लागेको एउटा सरकारी टोलीमा म पनि सहभागी हुन पाए । फर्केपछि राजा महेन्द्रले त्यहाको अनुभव सुन्न महिलाका तर्फबाट मलाई बोलाए । त्यही मौकामा मैले आग्रह गरे– सरकार म पनि पढ्न लन्डन जान पाऊ † उनी बोल्दै बोलेनन्, दोहोर्‍याई–तेहेर्‍याई भनिरहे । बल्ल शिक्षामन्त्रीतिर हेरेर ‘उहाले मिलाइहाल्नु हुन्छ नि’ भन्ने हुकुम भयो । पछि मेरो कन्फर्म लेटर त श्रीमान्को भन्दा पनि अगाडि पो आइपुग्यो ।
सामाजिक क्षेत्रमा चाहि कसरी लाग्नुभयो ?
म पद्मकन्यामा पढाउथे । नेपाल महिला संघ काठमाडौंको चुनाव रहेछ । कोमल शाह, कमल राणा आएर ‘तिमीले चुनाव लड्नुपर्‍यो’ भन्दै फकाए । त्यस अगाडि सहानाजीले पनि महिला संघमा काम गराै भन्नुभएको थियो । मलाई सामाजिक क्षेत्रमा सक्रिय गराउने कमल र कोमल नै हुन् ।
महिला संघमा लाग्दा चुनौती कस्ता रहे ?
गाउमा महिला संगठन बनाउने अभियानमा खटियाै । त्यतिबेला गाउका पञ्चहरूकहा गएर ‘हामीलाई संगठन बनाउन सहयोग गर्नुपर्‍यो’ भन्यौं । पञ्चबाले तमाखु तान्दै व्यंग्य गरे– ‘ए, दौरा–सुरुवाल लगाउनेले त लछारपाटो लायो, अब तिमेरु फरिया लगाउने आइमाईले काम गर्ने †’ महिलाप्रति यस्तो अविश्वास थियो, आज पनि छ । आमाले यसरी संगठनमा बस्ने भए किन बेलायत गएर पढेको भन्नुभयो ।
तपाईंलाई दरबारको मान्छे  भन्छन् नि ?
म हु नै दरबारको मान्छे । मलाई राजारानीले धेरै माया गरिबक्सन्थ्यो । महेन्द्र सरकार र रत्न सरकार अनि वीरेन्द्र सरकार र ऐश्वर्य सरकारले पनि मलाई माया गरेकै हो । ऐश्वर्य सरकार त मेरो विद्यार्थी हो, पिकेमा पढाएको ।
आफूले पढाएकी विद्यार्थी रानी हुदा कस्तो लाग्यो ?
खुसी लाग्यो । ऐश्वर्य रानी भएपछि दाम राख्न गयाै कलेजका सबै प्रोफेसर । उहा त बसेको ठाउबाट जुरुक्क उठ्नुभयो । त्यति मर्यादा राखिबक्सन्थ्यो । पिकेमा अंगुरबाबा जोशी छात्रवृत्ति राख्नुपर्‍यो भनेर हुकुम भयो । मैले ‘किन यति सम्मान बक्सेको’ भन्दा ‘गुरुदक्षिणा टक्राको’ मर्जी भयो ऐश्वर्यबाट । मेरो छाती खुसीले गद्गद् भयो ।
समाजसेवाबाट राजनीतितिर पसौं जस्तो लागेन ?
कहिल्यै लागेन । चाहेको भए मौका नपाएको होइन तर मैले त्यसरी फाइदा लिइन“ । मन्त्री हुन चाहेको भए महेन्द्र सरकार र वीरेन्द्र सरकार दुवैले बनाइबक्सन्थ्यो । बेलाबेला प्रस्ताव पनि आएकै हो । भद्रा (घले) दिदीले महिला संघको केन्द्रीय अध्यक्ष बन भनेकै हो तर मानिन“ । म त गान्धीवादी मान्छे, कुनै लोभलालच थिएन, छैन ।
अहिले महिलाको अवस्था कस्तो देख्नुहुन्छ ?
हिजोभन्दा विकास भएको छ शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा तर गर्न अझ धेरै बा“की छ । महिलाप्रति विश्वास र सहयोगको वातावरण वृद्धि हुनुपर्छ ।

प्रतिक्रिया