एसपीको सट्टा चालकलाई मुद्दा

सुर्खेत, १९ चैत । दंगा प्रहरी नियन्त्रण गण बा“केका एसपी मोहनराज जोशीविरुद्ध दर्ता गरिएको उजुरी फेरेर सवारी–चालक रमेश परियारलाई मुद्दा लगाइएको छ । ११ फागुनमा जोशीले चलाएको बा १ झ ८०६५ नम्बरको गाडीले ठक्कर दि“दा सुर्खेत, लाटीकोइलीका विनोद कोइराला घाइते भएका थिए । भे २ प १०३१ नम्बरको मोटरसाइकलमा सवार कोइराला घाइते भएपछि भतिजा केशवले १६ फागुनमा जोशीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएका थिए । तर, अदालतले १६ चैतमा चालक परियारलाई दुई लाख रुपिया“ धरौटी माग गर्दै जेल पठाएपछि यो घटना सार्वजनिक भएको हो ।
प्रहरीले सरकारी वकिल कार्यालयलाई दिएको प्रहरी प्रतिवेदन र सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुर्खेतमा बुझाएको अभियोगपत्रमा दर्ता नम्बर १४१ मा सवारी–चालक रमेश परियारको नाममा किटानी जाहेरी दिइएको विवरण पेस गरेअनुसार एसपीलाई जोगाउ“दै सवारी–चालकलाई जेल पठाइएको हो ।
एसपी जोशीविरुद्ध १६ फागुनमा परेको किटानी जाहेरी र सोही दर्ता नम्बरमा परियारविरुद्ध ३० फागुनमा जाहेरी दर्ता गरिएको विवरण प्रहरीले सरकारी वकिल कार्यालयलाई पेस गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी गोविन्दराम परियारले जाहेरीवालाले नै जाहेरी परिवर्तन गरेको बताए । पहिले जोशीका विरुद्ध किटानी जाहेरी दर्ता गरिएको भए पनि पछि जोशी र जाहेरीवालाबीच समझदारीपछि सवारी–चालकको नाममा जाहेरी दिएको बताए । घटना हु“दा गाडी परियारले नै चलाएको एसपीले दाबी गरे । जोहेरीवाला कोइरालाले चालकका नाममा जाहेरी दर्ता गरिएका बारे कुनै जानकारी नभएको बताए । एसपीको दबाबका कारण परियारले प्रहरी र अदालतसमक्ष गाडी चलाएको बयान दिएपछि धरौटी माग भई बुझाउन नसक्दा जेल परेका हुन् । घाइते कोइरालाको उपचारका लागि दंगा प्रहरी नियन्त्रण गण बा“केले एक लाख रुपिया“ दिइसकेको छ । घाइतेको उपचारमा पा“च लाख ८२ हजार रुपिया“ खर्च भएको विवरण घाइतेका तर्फबाट प्रहरीलाई पेस गरिएको छ ।

प्रतिक्रिया