प्रमुख दलहरुले त्रुटी सच्चाउः अध्यक्ष थापा

काठमाडौँ, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरु आ–आफ्नो अडानमा यथावत रहेकाले जेठ १४ भित्र नयाँ संविधान बन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

राप्रपा नेपाल काठमाडौँ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई  सम्बोधन गर्दै उनले देशको अखण्डता बचाउन सबै राजनीतिक दलले आप्mना त्रुटी र कमजोरी सच्याई अगाडि बढ्नु पर्ने बताए ।

उनले माओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चा एक्लाएक्लै वा संयुक्तरुपमा असफल भएको प्रमाणित भैसकेको आरोप लगाए । असफलतालाई स्वीकार गर्दै प्रमुख दलहरुले जनतासामु क्षमायाचना माग्नु पर्ने थापाको भनाई छ ।

पार्टीका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले राष्ट्रियता, प्रजातन्त्र र उदारवाद राप्रपाको मूल मन्त्र रहेको भन्दै संविधानसभाको म्याद पटकपटक थप्दै राजनीतिक दलहरुले राष्ट्रिय ढुकुटी लुटिरहेको आरोप लगाए ।

प्रतिक्रिया