अध्यक्ष चौधरीको निधन

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल आदिवासी जनजाति संघ, सप्तरीका अध्यक्ष प्रसादी चौधरीको निधन भएको छ ।

बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा उनको आज निधन भएको कांग्रेसले जनाएको छ ।

६५ वर्षीय चौधरी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । स्वर्गीय चौधरीका धर्मपत्नी, २ छोरा र ५ छोरी छन् ।

कांग्रेस मुख्य सचेतक बसन्तकुमार गौतमले आज शोक वक्तव्य जारी गरेर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । (सौस)

प्रतिक्रिया