बन्दका कारण सर्वसाधारणलाई सास्ती

महेन्द्रनगर,१९ चैत । भीदत्तनगरपालिका–१८ सालघारीका मजदुरहरुले जग्गाको माग गर्दै आज अह्वान गरेको बन्दका कारण कञ्चनपुर जिल्लामा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

हातमा लट्ठी लिएर सडकमा उत्रिएका मजदुर र बन्दकर्ताले राजमार्ग र बजार बन्द गराएका छन् । उनीहरुले सडकमा सवारी साधन चल्न दिएका छैनन् ।

जिल्लाका बजार पसल बन्द छन् भने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । शैक्षिक संस्थाहरु समेत ठप्प भएका छन् ।

अवरोधका कारण गड्डाचौकी नाकाबाट शिद्धबाबाको दर्शन गर्न आउने भारतीय श्रद्धालुहरु तनावमा परेका छन् । बन्द आयोजकले भारतबाट आएका तिर्थयात्रुलाई बाटोमै रोकेर फर्काइदिएका छन् ।

एक महिनादेखि नगर विकास समितिको कार्यालय अगाडी जग्गा माग गर्दै धर्नामा बसेका मजदुरहरुले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आज एक दिन कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया