आफ्नै मनमुटाबले हार्दै छन्, चेसकर्मीर्

काठमाडौं, १८ चैत । साधारणसभा नजिकिँदै जाँदा बढेको नेपाल बुद्धिचाल संघको विवादले नयाँ रूप लिएको छ । २९ चैतमा काभ्रेमा घोषित बुद्धिचाल संघको साधारणसभाका लागि विदेशी पाहुनाको नाम तय भए पनि नेपाली बुद्धिचाल आन्तरिक समस्यामा अल्झेको छ । संघको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको मनमुटाबका कारण राज्य पक्ष हाबी भएपछि खेलकुदमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने मत राख्ने समेत वाक्क भएका छन् ।
श्ुाक्रबार राष्ट्रिय खेलकुद परिषद्सहितको त्रिपक्षीय वार्तामा हाल परिषद्को नेतृत्वमा रहेको एमाओवादीको भ्रातृसंस्था नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई सात सिट दिने मौखिक सहमति बाहिर आएपछि समग्र बुद्धिचाल क्षेत्र हारेको महसुस भएको छ । नेपालमा खेलकुद नेतृत्व गर्ने दलले जबर्जस्ती आफ्नो प्रभाव राख्न गर्ने प्रयास स्वाभाविक मानिए पनि अन्य संघमा भन्दा बुद्धिचालमा गणतान्त्रिक खेलकुद महासंघले बढी सिट दाबी गर्नुलाई आश्चर्यजनक रूपमा हेरिएको छ ।
वर्तमान अध्यक्ष राजेशहरि जोशीको कार्यकालको सबैभन्दा सकरात्मक पाटो भनेको यसबीचमा उत्पादित प्राविधिक जनशक्ति नै हो । खासमा नेपाली बुद्धिचालका दुई कार्यकाल प्रभावी रहेको मानिन्छ । पूर्वअध्यक्ष सीताराम अग्रहरिको कार्यकालमा ओलम्पियाडमा सहभागी हँदै अन्तर्राष्ट्रिय क्षेत्रमा पहिलो पाइला टेकेको नेपाली चेस जोशी कार्यकालमा प्राविधिक उत्पादनमा सफल रहयो । कार्यसम्पादनको अवसर पाउँदा सीमापारसमेत राम्रो छवि बनाएका ज्ञानेन्द्र खाइजुसहित तीन अन्तर्राष्ट्रिय आर्बिटर र ६ फिडे आर्बिटर उत्पादन गर्नु जोशी कार्यकालको सफल पाटोको रूपमा रहयो । यसबीचमा नेपालले तीनफिडे मास्टर पनि पायो ।
यो दुई प्रभावशाली चरणपछि काभ्रे साधारणसभा अन्य केही पक्षमा केन्दि्रत रहने स्वाभाविक अपेक्षा आम चेसप्रेमीको छ । एकेडेमीको स्थापना, राज्यबाट पाउनुपर्ने तर नपाएका आधारभूत विषय र यो खेललाई विस्तार गर्ने योजनाका विषयमा साधारणसभाले नयाँ मार्गनिर्देशनको अपेक्षा गर्नेहरूमा पनि घटनाक्रमले निराशा पलाएको छ । राज्यले दोस्रो दर्जामै राखे पनि चेसकर्मीको आफ्नै प्रतिबद्धता र लगाबका कारण सक्रिय रहेको यो खेल केही सातायता भने आफ्नै विवादमा अल्मलिएर आफूहरू माझ रहेको सीमित अधिकार पनि गुमाउने अवस्थामा पुगेको छ ।
सञ्चारकर्मीका माझ खुलेर व्यक्त नभए पनि बुद्धिचालकर्मीले आफूहरू माझ भने घटनाका आफ्नैखाले व्याख्या गर्न थालेका छन् । ‘अत्यन्त प्राविधिक पदमा पनि राजनीति प्रभाव हुन थालेको छ ।’ नेपाली बुद्धिचालनिकट एक व्यक्ति भन्छन् । स्मरणीय छ, पछिल्लो साधारणसभाबाट काभ्रेका रघुवर चौ प्रधान महासचिवमा निर्वाचित भए पनि बीचैमा निष्त्रिmय भएका कारण नेपाली बुद्धिचालमा समस्या थपिएको थियो ।
नेपाली बुद्धिचाललाई नजिकबाट नियाल्नेहरूकै सोचमा भनेे यो खेलसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरू एउटै टेबुलमा बसेर समाधान खोज्नुको अर्को विकल्प हुन सक्दैन । एक खेलाडी भन्छन्, ‘नेताले भाषण गर्दा चेस खेलबाट हामी पनि सिक्नुपर्छ भन्थे तर आज हामीभित्रकै विवादका कारण सर्वत्र असफल राजनीतिक व्यक्तित्वको तल्लो निकायका कार्यकर्तासामु पनि हारेको महसुस गरेका छां’ आफूहरूबीचको मनमुटाबका कारण उत्पन्न समस्याबारे उनी भन्छन् । चेसकर्मीको यो मनमुटाब बढ्दै जाँदा एउटा चिन्ता भने सबैमा देखिन थालेको छ, ‘हामी आफू जित्न खोज्दा कतै हाम्रो खेल नै त हारिरहेको छैन ?’ र्

प्रतिक्रिया