त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सी

काठमाडौं, १८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नया ट्याक्सी सञ्चालनमा आउने भएका छन् । हाल सञ्चालनमा रहेका पुराना ट्याक्सी विस्थापन गर्न विमानस्थल व्यवस्थापनले टेन्डर आह्वान गरेपछि यात्रुले नया ट्याक्सी चढ्न पाउने भएका हुन् ।
विमानस्थलमा सञ्चालित ट्याक्सी पुराना, वातावरण प्रतिकूल र सुविधायुक्त नभएको गुनासो यात्रुले गर्दै आएका थिए । पुराना ट्याक्सी धनीहरूसगको पटकपटकको छलफलपछि नया ट्याक्सी सञ्चालनका लागि टेन्डर आह्वान गरिएको विमानस्थल व्यवस्थापनले बताएको छ । विमानस्थलमा ट्याक्सीसेवा सञ्चालन गर्न इच्छुक कम्पनीले अब टेन्डर हाल्न सक्नेछन् । न्यूनतम पाच वर्ष सेवा सञ्चालनको अनुभव भएका नेपाली ट्याक्सी कम्पनीले मात्र टेन्डर हाल्न पाउने सर्त तोकिएको छ । साथै ट्याक्सी एक हजार सिसी क्षमताका र पर्यटकीय सुविधास्तरका हुनुपर्नेछ । छनोटमा पर्ने कम्पनीले पाच वर्षसम्म तीन सयवटा ट्याक्सी सञ्चालन गर्नुपर्ने छ ।
विमानस्थलमा हाल ६८ व्यवसायीका लगानीमा दुई सय ४० ट्याक्सी सञ्चालनमा छन् । यसमध्ये एक सय ७० ट्याक्सी २० वर्ष पुराना छन् भने ७० वटा १५ वर्ष पुराना छन् । पर्यटकीय सुविधाको दृष्टिले हाल सञ्चालनमा रहेका ट्याक्सी न्यूनगुणस्तरका र वातावरण प्रतिकूल भएको आवाज उठ्दै आएको छ ।
यसअघि श्रम तथा यातायात व्यवस्था विभागले २० वर्षभन्दा पुराना सवारीसाधन विस्थापित गर्ने नीति पारित गरिसकेको छ । यही नीतिअनुसार विमानस्थल प्रशासनले नया ट्याक्सीका लागि टेन्डर आह्वान गरेको हो ।
नया ट्याक्सीसगै चालकका बारेमासमेत नया मापदण्ड बनाइने बताइएको छ । मापदण्डमा विमानस्थलभित्र चल्ने ट्याक्सीमा रहने सुविधा, ट्याक्सी चालकले बोल्ने भाÈा, चालकले लगाउने डे«सलगायतका कुराहरू हुनेछन् । नया ट्याक्सीका लागि छुट्टै ट्याक्सी ‘वे’ निर्माण गर्ने योजनासमेत विमानस्थलको छ ।
यसअघि गत वर्ष पुसमा व्यवस्थापनले विमानस्थलमा सञ्चालित ट्याक्सीले निर्धारित भाडादरभन्दा बढी लिन नपाउने कडा व्यवस्थासहित आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा विमानस्थलभित्र चल्ने हरियो प्लेटका ट्याक्सीले तोकिएको भाडामात्र लिनुपर्ने अन्यथा कडा कारबाही हुने व्यवस्था छ । विमानस्थल व्यवस्थापन, प्रहरी र यातायात व्यवस्था विभागले संयुक्तरूपमा प्रिपेड ट्याक्सीका लागि सबै ठाउको भाडा तोकेका छन् । कालो प्लेटका ट्याक्सीले पनि मिटरमा मात्र पैसा लिनुपर्ने नियम लागू गरिएको छ । त्यस्तै कालो ट्याक्सीमा नापतौल तथा गुण्ँस्तर विभागबाट प्रमाण्ँित मिटर अनिवार्य राख्नुपर्ने व्यवस्था छ । विमानस्थल ट्याक्सीले मनपरि भाडा लिएको गुनासो यात्रुले गर्दै आएका छन् । सौर्य समाचार

प्रतिक्रिया