यी जुम्ल्याहा

लन्डन, १८ चैत । जुम्ल्याहाका बच्चाको अनुहार र शरीर मात्र होइन, कतिपय स्वभाव पनि मिल्दोजुल्दो हुन्छ । तर, जुम्ल्याहा दिदीबहिनीको वर्ण एकआपसमा विपरित भेटियो भन्ने सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । बेलायतमा यस्तै अनौठो कुरो देखापरेको छ । त्यहाको वेस्ट मिडल्यान्डका जुम्ल्याहा दिदीबहिनीको शरीरको रङ एकार्कासग फिटिक्कै मिल्दैन । उनीहरुमध्ये एउटी गोरी छिन् भने अर्की काली ।
जुम्ल्याहा दिदीबहिनीका बीचमा यस्तो भिन्नता बिरलै देख्न पाइन्छ । उनीहरुका आमाबाबु दुवैका आमा गोरा र बाबु अश्वेत जातिका थिए । बाबुआमाका अभिभावकको मिश्रित जिनका कारण जुम्ल्याहा दिदीबहिनीको वर्णमा भिन्नता देखापरेको चिकिकत्सकको भनाइ छ ।
भर्खरै यी दिदीबहिनीले सातौ जन्मदिन मनाएका छन् । उनीहरुले अहिलेसम्म ‘हाम्रो शरीरको रङ किन भिन्न छ ’ भनेर कसैस“ग सोधेका छैनन्, न त उनीहरुमध्ये कसैले नस्लका आधारमा गरिने विभेदकै सिकार हुनुपरेको छ । आमा किलीले सन् २००५ को  अप्रिलमा ६० सेकेन्डको अन्तरालमा उनीहरुलाई जन्म दिएकी थिइन् । उनीहरुबीच शारीरिक समानता अन्त्यन्त कम छ तर पनि, आमाले उनीहरुलाई उस्तै लुगा लगाइदिने गरेकी छन् ।
‘कहिलेकाही मानिसहरु ‘यिनीहरुलाई उस्तै लुगा किन लगाइदिनुभएको ?’ भनेर सोध्ने गर्छन् । ‘उनीहरु जुम्ल्याहा भएकाले’ भनेर रुखो जवाफ फर्काउने गरेकी छु । टोलछिमेकका सबैले उनीहरु जुम्ल्याहा दिदीबहिनी हुन् भन्ने चिनिसकेका छन् । तर, अपरिचित व्यक्ति अझै झुक्किन्छन्,’ किलीले सुनाइन् ।
वर्णबाहेक उनीहरुको स्वभावमा पनि ठूलै अन्तर छ । उनीहरुमध्ये एउटी जनवारसग रमाउछिन् भने अर्की भान्छामा काम गर्न पाउदा आनन्द मान्छिन् । विद्यालयमा उनीहरु भिन्नाभिन्नै कक्षामा पढ्छन् । साथीसङ्गीको ‘सर्कल’ पनि उनीहरुको आआङ्खनै छ  तर, उनीहरु एकापसमा असाध्यै मिल्छन् । ‘उनीहरु एकअर्काका ‘बेस्ट फ्रेन्ड’ हुन् । सगै खेल्ने, स्विमिङ पुल सगै जाने, सगै बसेर पढ्ने र एकार्कालाई सहयोग गर्ने उनीहरुको बानी छ,’ आमा किलीले भनिन् । (डेलीमेल)

प्रतिक्रिया