‘साना व्यापारी र किसानलाई प्राथमिकता’

सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय राखेर बैंक स्थापना गर्नुका केही कारण छन् कि  ?
सिन्धुपाल्चोकलाई सरकारले दुर्गम क्षेत्रका रूपमा घोषणा गरेको छ । यहाँ विकासको सम्भावना प्रशस्त हुँदाहुँदै पनि त्यस क्षेत्रमा निजी बैंकको पहुँच कम हुनु तथा विभिन्न कारणले सिन्धुपाल्चोक बाह्रबीसेमा प्रधान कार्यालय स्थापना भएको ।
सबै वर्ग, जाति तथा पिछडिएका समुदाय, खेतीयोग्य जमिन, प्रशस्त पर्यटकीय सम्भावना तथा खासा व्यापारनजिक भएकाले नै हामीले यस क्षेत्रमा बैंक सञ्चालनमा ल्याएका हौँ र सफलता हासिल पनि गरेका छौँ ।
व्यापारिक केन्द्र खासै नभएका जिल्लामा बैंकले कस्तो वर्गलाई लक्षित गरेको छ ?
व्यापारिक केन्द्र खासै नभएको त भन्न मिल्दैन तर सीमित व्यापारिक क्षेत्र हो । व्यापारिक क्षेत्रबाहेक विपन्न आय भएका, कृषि कार्यमा लागेका तथा बस्तुभाउ राखेर दैनिक जीवन चलाउनेलाई पनि हामीले लक्षित गरेका छौँ ।
लक्ष्यअनुसारको काम भइरहेको छ त ?
तपार्इंले सोध्नुभएजस्तै लक्ष्यअनुसारको काम भइराहेको छ । हामी छोटो समयमा नै जनताको विश्वास जित्न सफल भएका छौँ ।  स्थापनाकालमा बैंक तथा वित्तीय संस्थामा नराम्रो मन्दी छाएको थियो । त्यस्तो मन्दीका बाबजुद हामीले चारवटा शाखा खोली निर्धक्कसँग काम गरिरहेका छौँ । जसको परिणाम एक वर्षमा उल्लेख्य काम भएको हो ।
बैंकमा तरलताको अवस्था कस्तो छ ?
हाल बैंक तथा वित्तीय संस्थामा तरलता बढेको अवस्था छ । सिन्धु विकास बैंकमा पनि तरलता बढेकै छ । हामीले यो तरलताको सही ढंगले सदुपयोग गरिरहेका छौँ ।
साना किसानको आर्थिक उन्नतिका लागि बैंकले के गरिरहेको छ ?
यो ग्रामीण क्षेत्रकै बैंक भएकाले हाम्रो प्राथमिकता पिछडिएका वर्ग, समुदाय, लघुउद्यमी, सानाव्यापारी र कृषक नै हुन् । हामीले बाह्रबीसे, खाडीचौर तथा मेलम्चीका गाउँगाउँ गएर लगानी गरेका छौँ र त्यहाँका जनतालाई बैंकमा आबद्ध गराउन सफल भएका छौँ ।
घरजग्गा कारोबारमा कमी आएपछि बैंकको लगानी घटेको हो ?
सबै बैंकको लगानी घट्नु स्वाभाविक नै हो । राष्ट्र बैंकले दिएको निर्देशन सबैले पालना गर्नुपर्छ । सबै बैंकले ग्रामीण क्षेत्रलाई नै टार्गेट गरिरहेका छन् । ग्रामीण क्षेत्रको विकास भएपछि मात्रै देशको समग्र विकास हुन्छ । अब लगानी गर्ने भनेको कृषि, हाइड्रो तथा साना–मझौला क्षेत्र हुन् । जसले स्वाभाविक रूपमा नाफा घटाउँछ तर लगानी सुरक्षित हुन्छ ।
फरक र नया सेवा विस्तार गर्ने बंैकको कुनै योजना छ ?
त्यसो त बैंकले अहिले नै चारवटा शाखाबाट कारोबार सञ्चालन गरिरहेको छ । कारोबार सुरु भएका शाखाहरूमा प्रधान कार्यालय बाह्रबीसे, बनेपाको कर्पाेरेट अफिस तथा खाडीचौर र मेलम्चीमा शाखा कार्यालय छन् । आगामी दिनमा ग्रामीण क्षेत्रको लागि ब्रान्चलेस बैकिङ कारोबार गर्नेतर्फ बैंकले गृहकार्य गरिरहेको छ । बैंकले ‘इ’ बैंकिङ, मोबाइल बैंकिङ र एटिएम सेवा पनि चाँडै नै ल्याउँदैछ ।
तपार्इंको बैंक पनि मर्जरमा जादै छ कि ?
अहिले राष्ट्र बैंकले नै मर्जर प्रक्रिया सहज र खुला बनाइदिएको छ । एकआपसमा गाभिँदैमा बैंक तथा वित्तीय संस्था शक्तिशाली हुने भन्ने चाँही होइन तर राम्रो र बलियो हुन्छ भने मर्ज गर्नु उपयुक्त हो ।
यसबारे केन्द्रीय बैंकको नीति–नियम पालना गरी राम्रो उद्देश्यले काम गर्‍यो भने नै उपयुक्त होला ।
राष्ट्र बैंकका नीति–नियम विकास बैंकका लागि कति सहयोगी छ ?
राष्ट्र बैंकको नीति नियमभित्र रहेर नै सबै बैंकहरू, वित्तीय संस्थाले कार्य सम्पादन गर्नु आवश्यक छ र गर्नुपर्छ । केन्द्रीय बैंकको नियम पालना नगर्ने हो भने जुनसुकै बैंक तथा वित्तीय संस्था धरापमा पर्नसक्छन् । हामीले राष्ट्र बैंकको निर्देशिका समय–समयमा पाइरहेका छौँ र त्यसैअनुरूप अघि बढिरहेका छौँ । राष्ट्र बैंक नै सबै बैंक तथा वित्तीय संस्थाको अभिभावक भएकाले नीति निर्माणका सन्दर्भमा भन्नुपर्दा समयसान्दर्भिक र उपयुक्त नै छ । राष्ट्र बैंकले पनि सोहीअनुरूप आºनो अभिभावकत्व निर्वाह गर्दै आएको छ ।
प्रस्तुति : मोतीराम तिमिल्सिना

प्रतिक्रिया