बसको ठक्करबाट युवतीको मृत्यु

काभ्रे, १७ वैशाख । काभ्रेको पाँचखालमा आज बिहान बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल–९, तिनपिप्लेमा हिमालयन कलेज अफ एग्रिकल्चर एण्ड साइन्स (हिकास्ट) को बा १ क ४९१४ नम्वरको  बसको ठक्करबाट स्थानीय २५ बर्षीया पूजा श्रेष्ठको मृत्यु भएको हो ।

पिकनिकका लागि दोलालघाटतर्फ जाँदै गरेको बसले पत्कर लिएर घर फर्कन लागेकी श्रेष्ठसहितका व्यक्तिलाई ठक्कर दिएको थियो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बसको ठक्करबाट स्थानीय तेजवहादुर श्रेष्ठ र इन्द्रवहादुर श्रेष्ठ घाइते भएका छन् । घाईते तेजवहादुरको अवस्था गम्भि छ ।

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले बसलाई सडकमा नै पल्टाइदिएका थिए । जसका कारण चारघण्टासम्म अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको थियो । सौर्य

प्रतिक्रिया